कैलाली : चारदिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक अझै भेटिएका छैनन्। कैलालीको लम्की&ndash...
भोजपुर : आफैले जन्म दिएको शिशु हत्या गरेको आरोपमा भोजपुर जिल्ला दोभाने गाविसकी एक महिला पक्राउ परेकी छिन्।
हत्या गरेपछि गाईलाई दिन राखेको घाँसको थ्रुपोमा उनकी छोरीले मृत अवस्थामा नवजात शिशुको लास भेटेकी थिइन् । मृत अवस्थामा नवजात शिशुको लास भेटेपछि छोरीले गाउँलेलाई खबर गरेकी थिइन्। मैयाँले बच्चा जन्माएपछि मुख थुनेर हत्या गरेको प्रहरीसँग स्वीकार गरेकी छिन्। कसको गर्भ बोकेको हो भनेर आरोपीले यकिन गर्न नसकेको प्रहरीले बताएको छ।
मृतक नवजात शिशुको शव परीक्षण बुधबार जिल्ला अस्पताल भोजपुरमा भएको छ। अनुसन्धानपछि प्रहरीले मैयाँलाई घरैबाट पक्राउ गरेको हो। आरोपी महिलालाई कानुनअनुसार कारबाही प्रक्रिया थालिने जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पञ्चलाल गोलेले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।