काटमाडौं : सुनको भाउ ऐतिहासिक बिन्दुमा पुगेको छ। आज २ हजार १०० रुपैयाँ बढेसँगै सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो। यसअघि बि...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युधको सेयरधनी’ अन्तर्गत बिहीबार त्रिशुली–३ 'बी' को १० हजार कित्ता खरिद गरेर कार्यक्रमको उद्घाटन गरेका छन्।
उनले आफ्नो देश आफैँ बनाउ भन्दै सम्पूर्ण देशवासीलाई विद्युतको शेयर खरिद गर्न पनि आह्वानसमेत गरे। सो अवसरमा प्रधानमन्त्री ओलीले नयाँ अभ्यासको थालनी भएको भन्दै यस प्रकारका अझै धेरै कार्यक्रम आउने र अरुको हात थाप्न नपर्ने अवस्थामा सबै नेपालीलाई पुर्याउने दाबी गरे।
स्वाभिमानी नेपालीले देश निर्माण गर्छ भन्दै प्रधानमन्त्री ओलीले देशभित्रकै पुँजीलाई संकलन गरेर देश निर्माणमा लगाइने प्रतिवद्धता जनाए। सो अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि १० हजार कित्ता सेयर खरिद गरिन्। ऊर्जामन्त्री वर्षमान पुन र उनकी पत्नी पूर्वसभामुख ओनसरी घर्तीले एक एक हजार कित्ता सेयर खरिद गरे। त्रिशूली–३ बी जलविद्युत आयोजनको लागि शेयर चैत ११ सम्मका लागि सर्वसाधारणका लागि आवेदन खुला रहने छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।