अर्थ

कार्यक्षेत्रमा पाउनु पर्ने सेवासुविधा नपाएको पर्यटन क्षेत्रका श्रमिकको गुनासो

चैत ७, २०७५

    काठमाडौं:  पर्यटन क्षेत्रका श्रमिकहरूको कार्यक्षेत्रमा पाउनुपर्ने सेवासुविधा नेपाएको गुनासो गरेका छन्। बिहीबार पत्रकार सम्मेलन गरी श्रमिक संगठन यूनिट्राभलले सबै पर्यटन क्षेत्रमा श्रमिकले पाउनुपर्ने सेवा सुविधा नपाएको बताएको हो। 

    यूनिट्राभलले सरकारका सम्बन्धित वन तथा वातावरण, श्रम, गृह, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच आपसी समन्वय गरी श्रमिक संगठन, व्यवसायी संगठनबीच वार्ताका माध्यमबाट तत्काल समस्या समाधान नगरिए पर्यटनका सबै क्षेत्रमा काम ठप्प पार्ने चेतावनी दिएको छ। उक्त संगठनले ट्रेकिङ, ट्राभल्स, र्‍याफ्टिङ, एयरलाइन्स, संस्कृति पुरातात्विक, कार्गो, कुरियर क्षेत्रहरु बन्द गरिदिने चेतावनी दिएको छ।

    यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले यसका लागि विदेशी एजेन्सीमा पत्रचार गरी पर्यटन व्यवसायीका संगठनहरू टान, एक्याप, पर्यटन विभाग, नेपाल पर्यटन बोर्डलगायत सरोकार क्षेत्रका कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका हुन्। युनिट्राभले टान र नाट्टाले पर्यटन बोर्डमा गत मंसिर १३ गते गरेको सम्झौता तत्काल लागू नभए विदेशी ग्रुप नै रोक्ने बताएको छ। 

    ट्रेकिङ, ट्राभल्स, र्‍याफ्टिङ र क्लाइम्बिङ क्षेत्रका श्रमिकहरूलाई पनि १० प्रतिशत सेवा शुल्क लगाउनुपर्ने, पर्यटन क्षेत्र विमानस्थल, धार्मिक क्षेत्रमा श्रमिकलाई ठेक्का प्रथाबाट नियुक्ति दिन नहुने, नेपाल भ्रमण वर्षको कार्यदलमा श्रमिकहरूको सहभागिता हुनुपर्ने, टिम्सको १० प्रतिशत रकम मजदुर कल्याणकारी कोषमा आउनुपर्ने, पर्वतारोहणमा श्रमिकलाई उचित तालिम र सेवा उपलब्ध गराउनुपर्ने माग गरेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]