काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सले लगातार दोस्रो जित निकालेको छ। गएराति सम्पन्न खेलमा च...
इलाम : भारतविरुद्ध चौथो पटक फाइनल प्रतिस्पर्धा गर्नुअघि नेपाली महिला टिम विराटनगरस्थित विराटेश्वर वृद्धाश्रमका ज्येष्ठ नागरिकहरूसँग आर्शिवाद थापेका छन्। एन्फा उपाध्यक्ष पंकज विक्रम नेम्वाङ, प्रशिक्षक हरि खड्कासहित वृद्धाश्रम पुगेको टोलीले जितको आर्शिवाद मागेको हो।
टिमकी स्ट्राइकर सावित्रा भण्डारीले टीका लगाउँदै जितको आर्शिवादसमेत मागिन्। ‘आमा हामीलाई जित्ने गरी आर्शीवाद दिनुहोस्।’ त्यस्तै अनिता बस्नतेले वृद्धवृद्धासँगको एक छिनको बसाइँले घरको वातावरण महसुस गरेको बताइन्।
टोलीले आश्रममा रहेको ज्येष्ठ नागरिकहरूलाई फलफूल तथा जुस वितरण गरेको थियो। कप्तान निरू थापाले ज्येष्ठ नागरिकहरूसँग बिताएको समय अविष्मरणीय भएको सुनाइन्। उनले फाइनलमा भारतविरुद्ध जित निस्किने हिम्मत बढेको बताइन्। टिमकी सदस्य रेखा पौडेलले फाइनलको तयारीमा जुट्ने दबाब रहे पनि वृद्धाश्रम आइपुग्दा तनावमुक्त भएको प्रतिक्रिया दिइन्।
एन्फाका उपाध्यक्ष पंकज नेम्वाङले वृद्धाश्रमका लागि नेपाली महिला फुटबल टिमको नाममा व्यक्तिगत रूपमै ५१ हजार रुपैयाँ सहयोग गर्ने वचन दिएका छन्। उनले केही समयभित्रै रकम हस्तान्तरण गर्ने बताए।
त्यसैगरी टोलीले बिहीबार वृद्धाश्रमका संचालक जगतबहादुर अर्याललाई नगद ६ हजार १ सय १ रुपैयाँसमेत हस्तान्तरण गरेको छ। वृद्धाश्रमका संचालक अर्यालले सम्पूर्ण बुवाआमाको तर्फबाट नेपाली टिमलाई सफलताको शुभकामना दिँदै इतिहास रच्ने कुरामा ढुक्क हुन आग्रह गरे।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।