समाज

होली खेल्ने क्रममा दुई पक्षबीच झडप, ३ प्रहरीसहित ५ घाइते

स्थिति नियन्त्रणमा लिन ७ राउण्ड आश्रु ग्यास प्रहार

चैत ७, २०७५

    रौतहट : रौतहटमा होली खेल्ने क्रममा बिहीबार दुई पक्ष बीच झडप भएको छ। जिल्लाको गुजरा नगरपालिका ‍९ सिमरा भवानीपुरमा होली खेल्ने क्रममा माटोको भाडा(मटका) फुटाउने क्रममा दुई पक्षबीच विवाद भएको हो।

    स्थानीय महिलाहरूले मटका फुटाउने कार्यक्रमको तयारी गरिरहेको बेला अर्को समूहले आएर जबरजस्ती मटका फुटाए पछिको विवादले गाँउ तनावग्रस्त बनेको हो। दुई पक्षबीच झडप हुँदा ३ जना प्रहरी र २ जना स्थानीय गरी ५ जना घाइते भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक सन्तोष पाठकले जानकारी दिएका छन्।

    दुई पक्ष बीचको झडपलाई निन्यन्त्रणमा लिनको लागि ७ राउण्ड आश्रु ग्यास प्रहार गर्नु परेको प्रहरी निरीक्षक पाठकले बताए। नेपाल प्रहरी र सशस्त्रको टोली घटनास्थल पुगी स्थितिलाई नियन्त्रणमा लिनको लागि अश्रु ग्यास चलाउनु परेको उनले बताए। दोहोर झडपमा स्थानीय सागर चौधरी र निरज चौधरी घाइते भएका छन् भने प्रहरी तर्फ प्रहरी हवल्दार ईश्वर बहादुर बिष्ट, प्रहरी जवान द्वय पवन कार्की र पिताम्बर काफ्ले घाइते भएको उनले जानकारी दिए।

    घाइतेहरूको अबस्था समान्य रहेको र घटनामा संलग्न रहेको आशंकामा ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले अर्जुन चौधरी, सुकेश्वर चौधरी, पप्पु चौधरी र दीपेश चौधरीलाई पक्राउ गरेको छ। अहिले घटना स्थलको अवस्था सामान्य रहेको उनले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]