बाँके : बाँकेको कोहलपुर नगरपालिका–१४ पर्वतीपुरमा श्रीमानले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्। कोहलपुर ...
धादिङ : प्रहरीले पृथ्वी राजमार्गबाट १६४ किलोग्राम प्रतिबन्धित लागुऔषध चरेस बरामद गरेको छ।
भारतीय नम्बर प्लेटको युपी १९ टी ५१७१ नम्बरको ट्रकमा लुकाएर भारत लैजाँदै गरेको अवस्थामा शुक्रबार बिहान गजुरी गाउँपालिका–१ नजिकै पृथ्वीराजमार्गबाट चरेस बरामद गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिए।
उनका अनुसार भारत उत्तर प्रदेश निवासी २५ वर्षीय मौ महातपलाई पक्राउ गरी हिरासतमा लिइएको छ। काठमाडौंबाट भारततर्फ जान लागेको ट्रकको क्याबिनमा आठ बोरामा लुकाएर लग्न लागेको अवस्थामा सो लागुऔषध बरामद भएको हो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।