काठमाडौं : मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलले देशले ठूला उपलब्धि हासिल भएको बताएका छन्।
प्रधानमन्त्री ओलीले संघीय संसदमा सम्बोधन गर्दै देशमा भएको विखण्डनवादी विचार र गतिविधि अन्त्य भएको बताए। उनले भने, देशमा अब विखण्डनवाद र विखण्डनवादी संगठन छैन। हामीले हिजो आफ्नै राष्ट्रगान झन्डा बनाएर हिँडेको थियो। आज राष्ट्रगान सयौँ थुंगा फूलका हामीबाट कार्यक्रम शुरु गरिहेको छ।'
उनले सिके राउतसँग भएका सहमतिबारेमा स्पस्ट पार्दै जनमतसंग्रहको विषय कहिँ समावेश नभएको बताए। सार्वभौमसत्ता, राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डताकोसम्बन्धमा जनमतसंग्रह कहिँ पनि कल्पना गर्न नसकिने उनको भनाइ छ।
उनले भने, 'उहाँहरूको पहिले माग थियो अहिले जनताको अभिमतअनुसार चल्ने भनेका छौँ। कमसेकम लोकतान्त्रिक आन्दोलनको अभियानका नेताहरूलाई थाहा हुनुपर्छ।' उनले वर्तमान सरकार जनमतको आकांक्षाअनुसार चलेको बताए।
विखण्डनको एजेन्डा र विचार समाप्त भयो अब राउत समूह राष्ट्रिय मूलधारमा आएको उनले बताए। यस अवसरमा खुसियाली मनाउन छुटाएका भए आजै बेलुका दीपावली मनाए हुन्छ भन्दै विपक्षीलाई व्यंग्य हाने।
'आफूलाई लोकतान्त्रिक भन्ने मित्रहरूबाट नै जनमतसंग्रह फालिएको फालिएको राजतन्त्र ल्याउन जनमतसंग्रहको माग गर्न थाले,' उनले भने, 'नागरिक भएकामा गर्व गर्न नसक्ने रैतान हुन पाऊँ भनिरहेका छन्। गोरखाका घलेहरूले दुई सय वर्ष पहिले जन्मसिद्ध राजा हुन पाउँदैन भनेर लागेका थिए। अहिले पढेलेखेकाहरू रैतान हुन पाऊँ भनिरहेका छन्।'
गाई कि त्रिशुल खेलेर गणतन्त्र नल्याएको भन्दै ओलीले चेतावनी दिए, 'राजतन्त्र राजतन्त्र भनेर धेरै फट्याक फुटुक नगरे हुन्छ।'
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।