काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता...
मधेस समस्या समाधान गर्न विशेष समिति गठनको माग
काठमाडौं : तराई मधेसकेन्द्रित राजनीतिक दलले उठाएका मुद्दा सम्बोधन गर्न सरकार संवेदनशील नभएको आरोप लगाउँदै सांसदहरुले विशेष समिति गठन गर्न माग गरेका छन्। व्यवस्थापिका संसदको बैठकमा विशेष समय लिएर सांसदहरुले तराई मधेससँग सम्बन्धित मुद्दा वार्ताबाटै समाधान गर्न माग गरेका हुन्।
नेकपा माओवादी केन्द्रका सांसद जनकराज जोशीले व्यवस्थापिका संसद कार्यसञ्चालन नियमावलीको नियम १८३ बमोजिम विशेष समिति गठन गरी मधेसका मुद्दा समाधान गर्न माग गरे। ‘सरकारले तराई मधेसका मुद्दालाई नजरअन्दाज गर्न मिल्दैन। सरकारले पत्र पठाएर वार्ताको पहल त गरेको छ तर पनि समाधान भएन’, उनले भने, ‘उहाँहरु संसदमा आउने, समय माग्ने र बाहिरिने नियमित प्रक्रियाजस्तो भयो। यो रोकिनुपर्छ।‘
तराई मधेसका मागको उचित सम्बोधन गर्न सरकार तत्पर नभएको आरोप लगाउँदै उनले समामुखसँग विशेष समिति गठन गर्न माग गरे।
नेकपा माओवादी केन्द्रका सांसद श्याम श्रेष्ठले सरकारले मधेसकेन्द्रति दलसँग अर्थपूर्ण वार्ता नगरेको आरोप लगाए। ‘लोकतान्त्रिक संसदमा सीमान्तकृतले माग उठाउने तर सम्बोधन नहुने गर्न मिल्दैन’, उनले भने, ‘संसदको निधारमा कालो टीका लाग्यो। अब धेरै संवेदनहीनता देखाउनु भएन। विशेष समिति तत्काल गठन गरी माग सम्बोधन गरियोस्।
संसदमा २५ प्रतिशत मधेसी र ७ प्रतिशत थारु रहेको उल्लेख गर्दै सांसद श्रेष्ठले उनीहरुले यसैगरी संसद बहिस्कार गर्ने हो भने सरकारले घोषणा गरेको निर्वाचन समेत हुन नसक्ने बताए।
के छ १८३ मा?
व्यवस्थापिका संसदको कार्यसञ्चालन नियमावलीको १८३ मा सार्वजनिक चासोका विषयमा संसदले विशेष समिति गठन गर्न सक्ने प्रावधान छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।