अर्थ

आगामी आर्थिक वर्षदेखि बहुवर्षिय आयोजनामा समस्या पर्दैन : अर्थमन्त्री खतिवडा

चैत १२, २०७५

    काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले बहुवर्षीय आयोजनामा अहिले देखिएको समस्या आगामी आर्थिक वर्षदेखि नरहने बताएका छन्। उनले एक वर्ष नसकेो अर्को वर्ष सकिन्छ भन्ने हिसावले बहुवर्षिय आयोजनामा समस्या देखिएको बताउदै आगामी वर्षदेखि यस्तो समस्या नआउने बताएका हुन्। 

    मंगलबार संसदको विकास तथा प्रविधि समितिमा  मन्त्री खतिवडाले आयोजनामा देखिएको समस्या हटाउनको लागि श्रोत सुनिश्‍चिततापछि मात्रै काम अघि बढाउने बताए। मन्त्री आयोजनाको बजेट संघीय सरकार एक्लैले व्यवस्थापन गर्न नसकेको बताए। अर्थमन्त्री खतिवडाले राजस्वको बाँडफाँड गर्ने अधिकार प्रदेश र स्थानीय तहलाई दिएपछि बहुवर्षीय आयोजनाका लागि बजेटको व्यवस्था गर्ने संवैधानिक दायित्व प्रदेश र स्थानीय सरकारको पनि हुने बताए। 

     खतिवडाले प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण भएकाले बहुवर्षीय आयोजनाको काममा मात्रै स्रोत, साधन संचालन गरे संघीय सरकारले नयाँ आयोजनाको कामलाई अघि बढाउन सक्ने अवस्था नरहनेतर्फ पनि समितिका सदस्यहरुको ध्यानाकर्षण गराए।

    अर्थमन्त्री खतिवडाले चालु रहेका बहुवर्षीय आयोजनाहरुको काम सम्पन्न नभई अर्को  बहुवर्षीय आयोजनाको काम सुरु गर्ने परम्पराका कारण पनि बहुवर्षीय आयोजनाको कामलाई अघि बढाउन समस्या देखिएको उल्लेख गर्दै आगामी वर्षदेखि ती सबै समस्या समाधान हुने गरी काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरे। स्रोतको सुनिश्चित भएपछि मात्रै बहुवर्षीय आयोजनाहरुको कामलाई अघि बढाउने अर्थमन्त्री खतिवडाको योजना छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]