समाज : सुरक्षा/अपराध

चितवनबाट विप्लव समूहका ९ कार्यकर्ता पक्राउ, ७ विरुद्ध मुद्दा दर्ता

चैत १३, २०७५

    चितवन : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)माथि चितवन प्रहरीले कडा निगरानी गरेको छ। उनीहरूलाई जहाँ भेट्यो त्यहीँ पक्राउ गर्ने सर्कुलरअनुसार नेता कार्यकर्तामाथि निगरानी बढाएको हो।

    सरकारले प्रतिबन्ध लगाएपछि बुधबारसम्ममा विभिन्न मितिमा जिल्लाका ९ जना नेता कार्यकर्ता पक्राउ परेका छन्। जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। पक्राउ पर्नेमा विभिन्न संगठनका नेतादेखि जिल्ला सचिवालय सदस्य, विद्यार्थी संगठनका अध्यक्षलगायत रहेका छन्।

    पक्राउ परेका मध्ये ७ जनाविरुद्ध मुद्दा दर्ता गरी म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए। अन्य २ जनामाथि अनुसन्धान भइरहेको उनले बताए। नेकपाका जिल्ला सचिवालय सदस्य राजु कुमार तिमल्सीना, राप्ती नगरपालिका जनसरकार प्रमुख गुणराज श्रेष्ठ र वीरेन्द्र बहुमुखी अखिल क्रान्तिकारी इकाइ अध्यक्ष विक्रम न्यौपानेलाई फागुन २९ गते पक्राउ गरेको प्रहरीले जनाएको छ।

    जिल्ला सदस्य वीरबहादुर तामाङलाई गएको चैत्र ३ गते, अखिल नेपाल क्रान्तिकारी यातायात महासंघ चितवनका अध्यक्ष मित्र केसी र जिल्ला सचिवालय सदस्य जयबहादुर कुवरलाई चैत्र ११ गते प्रहरीले पक्राउ गरेको हो। साधारण सदस्य बद्री अधिकारीसहित अन्य ३ जनालाई बुधबार पक्राउ परेका हुन्। अधिकारीलाई बुधबार नै मुद्दा दर्ता गरी म्याद थप गरिएको छ भने अन्य २ जनाबारे थप अनुसन्धान भइरहेको डिएसपी रेग्मीले बताए।

    उनीहरूविरुद्ध संगठित अपराध, बम विस्फोट र आगजनी जस्ता गम्भीर प्रकृतिका मुद्दा चलाइएको रेग्मीले बताए। मंगलबार सामूहिक राजीनामा दिएका ४ जनाको गतिविधिलाई निगरानी गरिने रेग्मीको भनाई छ। विप्लव नेकपाका नेता कार्यकर्ता पक्राउ गर्न चितवनमा व्यापक प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशील सिंह राठोरले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]