विश्व

बेलायती प्रधानमन्त्री मेको ब्रेक्जिट प्रस्ताव पुनः विफल, राजीनामा माग

चैत १५, २०७५

    प्रधानमन्त्री मेले संसदमा प्रस्तुत गरेको युरोपेली संघ छोड्ने ब्रेक्जिटको प्रक्रिया व्यवस्थित गर्ने प्रस्तावलाई बेलायती संसदले अस्वीकार गरेको छ। उक्त प्रस्ताव विफल भएको छ।

    सरकारले शुक्रबार संसदमा प्रस्तुत गरेको उक्त प्रस्तावलाई ३४४ जना सांसदले अस्वीकार गरेका थिए। प्रधानमन्त्री मेको प्रस्तावको पक्षमा मात्र २८६ मत परेको थियो।

    यो विफलतासँगै ब्रेक्जिटलाई २०१९ मे २२ सम्म लम्ब्याउने प्रधानमन्त्री मेको प्रयास विफल भएको छ।

    आफ्नो प्रस्ताव विफलताको परिणाम खतरनाक हुने बेलायती प्रधानमन्त्री मेले चेतावनी दिएकी छन। अब बेलायतले युरोपेली संघबाट १२ अप्रिलमा बाहिरिनै पर्ने कानुनी बाध्यता छ। यस्तो अवस्थामा बेलायतले ब्रेक्जिटको समय लम्ब्याउन कानुन बनाउने सम्भावना न्यून रहेको छ।

    प्रधानमन्त्री मेको विफलतासँगै बेलायतमा तत्काल आम निर्वाचन गराउनुपर्ने माग उठ्न थालेको छ। विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले प्रधानमन्त्री मेलाई राजीनामा दिएर तत्काल निर्वाचनको घोषणा गर्न माग गरेका छन।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]