काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यानले) नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीच हुने टी-२० शृंखलाको खेलतालिका परिवर्तन गरेक...
बाँके : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तोकिएपछि बाँकेवासीमा खुशी छाएको छ। प्रतियोगिताको मिति तय भएपछि खेलाडी, खेलप्रेमी, उद्योगी, व्यापारी र नागरिक समाजका अगुवाले खुशी ब्यक्त गरेका छन्।
राष्ट्रिय खेलकुद परिषद बैठकले प्रतियोगिताको उद्घाटन र समापन नेपालगन्जमा गर्ने निर्णय गरेको मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले जानकारी दिए। उद्घाटन र समापन नेपालगन्ज रंगशालामा गर्ने निर्णय भएपछि बाँकेबासी थप हर्षित भएका हुन्।
प्रतियोगिता हुने नहुने अनिश्चित रहेको बेला परिषद बैठकले वैशाख ५ देखि ११ सम्म प्रतियोगिता गर्ने निर्णय स्वागतयोग्य भएको नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए। प्रतियोगिताले सिंगो बाँकेको नाम राख्ने बताउँदै सबैले मिलेर प्रतियोगिता सफल बनाउनुपर्ने उनको भनाइ छ। उनले भने, ‘प्रतियोगिताको मिति र स्थान तोकिनुनै बाँकेवासीका लागि सबैभन्दा खुशीको कुरा हो।’
नेपाल स्विमिङ संघ, बाँकेका अध्यक्ष गोवद्र्धन सिंहले प्रतियोगिता नेपालगन्जमा गर्ने निर्णय हुनुनै बाँकेवासीका लागि सौभाग्य भएको बताउँछन्। यस्तै, बाँकेमा प्रतियोगिता हुने निर्णय सुनेपछि खुशीको सीमा नरहेको क्रिकेटर एलबी क्षेत्रीले प्रतिक्रिया दिए। उनले भने, ‘प्रतियोगिता हुने नहुने अनिश्चित थियो, मिति तय भएपछि ढुक्क भएका छौँ।’
प्रतियोगिताको मिति तय नहुँदै नेपालगन्ज रंगशालामा निर्माण भइरहेका संरचनाको नियमित रुपमा अनुगमन गर्दै आएका भारोत्तोलनका पूर्वखेलाडी शमशुद्धिन सिद्धिकीले पनि खुशी व्यक्त गरे।
राखेपका सदस्य सचिव केशवकुमार विष्टले भौतिक संरचना निर्माणसँगै प्रतियोगिताको तयारी गरिने बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।