साहित्य

'अनुहारको भीड'ले आफ्नो छुट्टै पहिचान बनाउँनेछ'

चैत १६, २०७५

    काठमाडौं : महेन्द्र पुलिस क्लबको सभाहलमा शुक्रबार आयोजित कविता कृति अनुहारको भीड माथिको अन्तरसंवाद कार्यक्रममा कवि एवं गीतकार श्रवण मुकारुङले नयाँ पुस्ताको नेपाली कवितामा देखिएको उपस्थिति लोभलाग्दो रहेको बताए। उनले यसरी संग्रह निकाल्ने चुनौती रहे पनि साहस र आँट गरेकोमा खुसी व्यक्त गरे।

    कविता कस्तो हुनुपर्छ रकस्तो कविता पढ्नुपर्छ भनेर कसैले सोधे अनुहारको भिडको पहिलो नम्बरमा आउने कवि मुकारुङले धारणा व्यक्त गरे। अघिल्लो हप्ता सार्वजनिक भएको उक्त कृतिमा १७ कविहरूको संयुक्त कविताहरू समावेश रहेका छन्। साठीका दशकपछि कस्ता कविता लेखिएका छन् भन्ने कुरा स्पष्ट देखाउने पनि उनले बताए।

    अन्तरसंवाद कार्यक्रममा वक्ताका रूपमा उपस्थिति जनाएका कवि एवं गीतकार विप्लव प्रतीकले संग्रहभित्रका सबै कविता पढेको बताए। कविता पढ्दै जाँदा हरेक कविले आफ्ना जीवन भोगाइलाई कलात्‍मक रूपमा प्रस्तुत गरेको उनले धारणा व्यक्त गरे। कवि प्रतीकले भने, ‘अनुहारको भिड कृतिमा समावेश कविता ७० को दशकका प्रतिनिधि कविता हुन् पनि र हैनन् पनि।’

    कविता कृति भित्रका कविताहरूमा जीवन भोगाइको गहिरो चिन्तन रहेको समालोचक एवं निबन्धकार कुमारी लामाले बताइन्। हरेक कृतिमा कमजोरी हुने बताउँदै उनले यस कृतिमा समावेश कविता समाजसँग नजिक हुन नसकेको धारणा राखिन्।  तर, प्रयास भने कविहरूले जारी राखेको बताइन्। उनले नयाँ पुस्ताका कविले कवितामा सौन्दर्यचेत र कला पक्षलाई सशक्त ढंगले एठाएको बताइन्।

    इण्डिगो इन्कले बजारमा ल्याएको  उक्त कृतिले आफ्नो परिचय देखाउन खोजेको कृतिका सम्पादक एवं संग्रहभित्रका कवि नवीन प्यासीले बताए। कार्यक्रमको सहजीकरण भने कवि नरेन्द्रकुमार नगरकोटीले गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]