काठमाडौँ : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्की र नेपालका लागि मोरिससका (गैरआवासीय) राजदूत हेमन्दोयल डिल्लम...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपालमा लगानी गर्दा उचित र युवा श्रम शक्ति पाइने बताएकी छन्। लगानी सम्मेलनको दोस्रो दिन नेपालमा लगानी अनुभव सत्रमा बोल्दै अध्यक्ष राणाले नेपालको श्रम जनशक्ति राम्रो भएको बताउदै लगानीका लागि आह्वान गरेकी हुन्।
अध्यक्ष राणाले नेपाल अहिले आर्थिक विकासको चरणमा प्रवेश गरेको प्रतिक्रिया दिइन्। 'राजनीतिक संक्रमणकाल पार गरी आर्थिक विकासको चरणमा प्रवेश गरेको र वर्तमान सरकारसँगै निजी क्षेत्र पनि ठूला परियोजनामा निर्माण गर्ने तयारीमा नेपाल जुटेको छ' अध्यक्ष राणाले भनिन्। श्रम गर्न सक्ने जनशक्ति पर्याप्त मात्रामा रहेको, विद्युत् भार कटौतीको समस्या हल भएको, औद्योगिक वातावरण निर्माण भएको उनको भनाई छ। नेपाल विश्वका लगानी कर्ताको लागि उपयुक्त क्षेत्र भएको राणाको भनाइ छ।
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालको मौसमको अवस्थाले जुनसुकै अवस्थामा पनि सहजै काम गर्न सकिने वातावरण रहेको बताए। 'नेपालको मौसम विश्वकै एकमात्र त्यस्तो मौसम हो, जहाँ मानिस स्वीटर र वातानुकूलित वातावरण बिना बस्न सकिन्छ, विश्वमा यस्तो वातावरण कही पनि छैन।ु नेपालको मौसमबाट विश्वका सबै मानिस प्रभावित हुने गरेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।