अर्थ

अरुण तेस्रोमा जुट्यो लगानी, सतलजसँग तीन बैंकले गरे सहमति

चैत १६, २०७५

    काठमाडौं : अरुण तेस्रो जलविद्युत् आयोजनाको लागि लगानी जुटेको छ। नौ सय मेगावटको अरुण तेस्रो आयोजनाको लागि सन् २०१६ भित्र लगानी जुटाउने प्रतिबद्धता भारतीय कम्पनीले लिए पनि अहिलेसम्म जुटाउन सकेको थिएन्। 

    नेपाल लगानी सम्मेलनको क्रममा सतलजले लगानी जुटाएको हो। यो परियोजनामा स्टेट बैंक अफ इन्डिया, एभरेष्ट बैंक र नवील बैंकले संयुक्त रूपमा लगानी गर्ने सहमति गरेका छन्। शनिबार यी तीन बैंकले लगानीको लागि सतलज कम्पनीसँग सम्झौता गरेका हुन्। 

    विद्युत् उत्पादन भएको २५ वर्षमा चालु अवस्थामा नेपाल सरकारलाई उपलब्ध गराउने गरी अघि बढाइएको यो परियोजना निर्माण सुरु भएको पाँच वर्षभित्र  बनाइसक्ने सर्त रहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]