समाज

भोटखोला गाउँपालिका कार्यालयमा आगलागी

चैत १६, २०७५

    संखुवासभा : जिल्लाकाे भोटखोला गाउँपालिका कार्यालयमा आगलागी भएको छ। शुक्रबार १२ बजे आगोलागी हुँदा डेढ करोड बढीको क्षति भएको गाउँपालिकाका अध्यक्ष तेम्बा भोटेले जानकारी दिए। वडा ३ को हटिया गोलामा रहेको गाउँपालिकाको कार्यालयमा मध्यरात आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

    आगलागीबाट गाउँपालिकाको सम्पूर्ण कागजात, फर्निचर, ग्यास सिलिन्डर लगायतका सामग्री पूर्ण रुपमा जलेर नष्ट भएको बताइएको छ। कार्यालयमा आगो कसरी लाग्यो भन्ने जानकारी नभएको प्रहरीको भनाइ छ। मौसम खराबीका कारण थप जानकारी नआएको बुझिएको छ। घटना स्थल सदरमुकाम खाँदबारीदेखि ३० कोष टाढा पर्छ। केही महिना अघि भोटखोलाको वडा ३ को कार्यालयमा अज्ञात समूहले आगो लगाएको थियो।

    अज्ञात समूहले भोटखोलाको कार्यालय सदरमुकाम खाँदबारीबाट संचालन गरिएका आगजनी गरिएको पर्चा भेटिएको थियो। भोटखोलाको गाउँपालिकाको कार्यालय अहिले पनि सदरमुकाम खाँदबारी मै राखिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]