खेलकुद

दुहवी गोल्डकपमा आर्मीको विजयी सुरुवात

चैत १६, २०७५

    इटहरी : विभागीय टिम त्रिभुवन आर्मी क्लबले तेस्रो मनमोहन दुहबी गोल्डकपमा विजयी सुरुवात गरेको छ। सुनसरीको दुहबी रंगशालामा शनिबार सम्पन्न उद्घाटन खेलमा आर्मीले चर्जब्वाइज क्लब काठमाडौंलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।

    आर्मीका लागी टेकबहादुर बुढाथोकीले ह्याटिक गरे। उनले खेलको २४ औँ मिनेटमा गोल गरेर अग्रता दिलाएका थिए। खेलको २९ औ मिनेटमा सन्तोष तामाङले गोल गरेपछि पहिलो हाफमा आर्मीले २–० को अग्रता कायम गरेको थियो।

    एकपक्षीय देखिएको खेलमा आर्मीका लागी ५२ औँ र ८३ औँ मिनेटमा गोल गर्दा खेल सकिन ३ मिनेट बाँकी रहेको अवस्थामा भरत खवासले एक गोल गरे। खेलको म्यानअफ द म्याच आर्मीका टेकबहादुर बुढाथोकी घोषित हुदै नगद १० हजार पाए। आर्मीले अब सेमिफाइनलमा रुस्लान थ्रीस्टार र आयोजक एलेभन एरोज क्लब बिच सोमबार हुने खेलको बिजेतासंग बुधबार प्रतिष्पर्धा गर्नेछ। आइतबारको खेल नेपाल पुलिस क्लब र मेची नेत्रालय काकडभिट्टा फुटबल टेनिङ सेन्टर झापाबीच हुनेछ।

    एलेभन एरोज क्लब दुहवी र मनमोहन स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा सुरु गोल्डकप चैत्र २३ गतेसम्म चल्नेछ। प्रतियोगितामा विजेताले ६ लाख नगद र उपबिजेताले नगद ३ लाख पुरस्कार पाउनेछ। प्रत्येक खेलको म्यानअफ दि म्याचले नगद १० हजार, सर्वाधिक गोलकर्ताले २० हजार र खेलाडीले सामसुङको ४२ इन्च एलइडि टिभी, ट्रफि, मेडल र प्रमाणपत्र पाउने आयोजक समितिले जनाएको छ।

    प्रतियोगितामा नेपालबाट त्रिभुवन आर्मी क्लब काडमाडौं, चर्च ब्वाईज युनाइटेड काडमाडौं, नेपाल पुलिस क्लब काडमाडौं, भारतको रोयल क्लब वेस्ट बंगाल, क्यामरुनको दाफिन्स फुटबल क्लब, मेची नेत्रालय काकडभिट्टा फुटबल झापा, थ्रिस्टार क्लब काडमाडौं र आयोजक एलेभन एरोज क्लब दुहवी ले प्रतिष्प्रर्धा गर्ने छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]