समाज

चैतको मध्यमा पनि पानी रोकिएन, उपत्यकामा ९ दशमलब ६ मिलीमिटर पानी पर्‍याे

File Photo
चैत १७, २०७५

    काठमाडौं : उपत्यकाका अधिकांश स्थानमा अहिले हल्का पानी परिरहेको छ।

    शनिबारदेखि नै मेघ गर्जन र चट्याङसहित पानी पर्दै रोकिदै गरेको उपत्यकामा अहिले हल्का पानी परीरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।  उपत्यकामा शनिबार ९ दशमलव ६ मिलीमिटर पानी परेको महाशाखाका मौममबीद् बरुण पौडेलले जानकारी दिए।  

    काठमाडौसहित पोखरा म्याग्दी र धनगढीमा  पानी परेको महाशाखाले जनाएको छ। शनिबारराति बदली भएको पश्चिमी भेगको मौसममा दिउँसो सुधार आउने देखिएपनि पुर्वी क्षेत्रमा भने मेघ गर्जनसहित पानी पर्ने संभावना छ। पुर्वी क्षेत्रमा आज मौसम बदली भएर दिनभर जसो हल्का पानी पर्ने मौसमबीद् पौडेलले जानकारी दिए।  देशका हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातको पनि संभावना रहेको छ।

    काठमाडौ उपत्यकाको आइतबार बिहानको न्युनतम तापक्रम १३ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ भने दिउँसो बढेर २३ देखि २५ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले अनुमान गरेको छ। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]