समाज

दुई मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु

चैत १७, २०७५

    बर्दिया : पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दियाको बारबर्दिया नगरपालिका-९ वनगाँई ग्याङ नदी नजिक मोटरसाइक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।

    पूर्वबाट पश्चिम जाँदै गरेको भे ८ प ६९६८ र विपरीत दिशाबाट आइरहेको बा ९१ प ९३७७ नम्बरको मोटरसाइकल ठोक्किएको हो। 
    मृत्यु हुने बर्दिया मधुवन–१ का २१ वर्षीय सुरज चौधरी १४ वर्षीया कृष्णा चौधरी र बारबर्दिया नगरपालिका–९ का २३ वर्षीय खगेन्द्र बस्नेत रहेको इलाका प्रहरी बाँसगढीका प्रहरी निरीक्षक वसन्त गौतमले जानकारी दिए।

    उनीहरुमध्ये सुरज र कृष्णाको घटनास्थलमै र खगेन्द्रको उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]