काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता...
काठमाडौं : संसदीय सुनुवाई समितिको बैठक आइतबार बस्दैछ।
निर्वाचन आयोगका प्रमुख आयुक्त र सामावेसी आयोगमा सिफारिस सदस्यको बारेमा सुनुवाई प्रकृया अगाडि बढाउन बैठक बस्न लागेको समिती सभापति लक्ष्मणलाल कर्णले बताउनु भयो। आइतबार विहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिस दिनेशकुमार थपलिया र राष्ट्रिय समावेशी आयोगका सदस्यमा सिफारिस विष्णुमाया ओझाको सुनुवाई प्रकृया शुरु हुने समापति कर्णले बताए।
सभापति कर्णका अनुसार संवैधानिक समितीबाट सिफारिस भएर आएका दुवै जनाको विषयमा अध्ययन तथा उजुरी आव्हान गरिनेछ। संवैधानिक परिषदको यही चैत ११ गते सोमबार बसेको बैठकले थपलियालाई आयोगका प्रमुख आयुक्त र समावेसी आयोग सदस्यमा ओझालाई सिफारिस गरेको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।