राजनीति

प्रदेश ३ प्रदेशसभाको हिउँदे अधिवेशन सुरु

चैत १७, २०७५

    हेटौँडा : प्रदेश ३ प्रदेशसभाको हिउँदे अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। प्रदेश प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम चैत १७ अपराह्न ३ बजे बस्ने गरी हिउँदे अधिवेशन आह्वान गरेकी हुन्।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिफारिसअनुसार अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ। यसअघि गत जेठ १ देखि १२ पुससम्म वर्षे अधिवेशन चलेको थियो। अधिवेशनमा छलफलका लागि प्रदेश सचिवालयमा सात विधेयक र तीनवटा संशोधन विधेयक दर्ता भएका छन्।

    गत पुसमै प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐनको संशोधन विधेयक दर्ता भएको थियो। यसैगरी गत माघमा प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण ऐन, २०७४ को संशोधन विधेयक दर्ता भएको थियो। कर तथा गैरकर राजस्वसम्बन्धी ऐनको संशोधन विधेयक पनि गत फागुनमा दर्ता गरिएको छ। यी संशोधन विधेयकका साथै प्रदेश बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समेत संसदमा दर्ता भइसकेका छन्।

    दर्ता भएका विधेयकहरु हिउँदे अधिवेशन सुरु भएपछि छलफलमा जाने प्रदेश ३ प्रदेशसभाकी उपसभामुख राधिका तामाङले जानकारी दिइन्। यस्तै, प्रदेशसभामा प्रदेश राष्ट्रिय वनको संरक्षण र सुव्यवस्था गर्न बनेको विधेयक, प्रादेशिक सहकारीसम्बन्धी विधेयक, सूचनाको हकसम्बन्धी विधेयक, प्रादेशिक व्यापार व्यवसायसम्बन्धी विधेयक, प्रदेशको सार्वजनिक सडक व्यवस्था तथा सञ्चालन विधेयक दर्ताको तयारीमा रहेको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकृत मदन शिवाकोटीले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]