स्वास्थ्य

सरकारी अस्पताल : उपकरण छन्, चिकित्सक छैनन्

चैत १७, २०७५

    जाजरकोट : बारेकोट गाउँपालिका मुलसामकी जयकुमारी शाही पेटमा समस्या आएपछि लिम्सा स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा दिन भरी हिँडेर ‍आइपुगिन्। बिरामी शाहीले आफ्नो आठ महिनाको छोरीसमेत सँगै बोकेर ल्याएकी थिइन्।  घरमा बच्चा हेर्ने कोही नभएपछि बिरामी शरिर र बच्चा अनि दिनभरी हिडेर लिम्सा पुग्नु शाही लाई फलामका चिउरा चपाए झैँ भएको थियो। चिकित्सकलाई जाँच गराएर  भएभरको समस्य सुनाई औषधी लिएर जाँने उनको योजना स्वास्थ्य केन्द्रको ढोकामा पुग्न बितिकै गुम्यो। हेर्दा चिटिक्क परेको सुविधा यूक्त स्वास्थ्यको भवन , त्यसमा गाउँपालिकाको कार्यालय रहेकोले लिम्सामा चहलपहल बढेको भएपनि स्वास्थ्यकर्मी नहुँदा शाहीको उपचार नभएपछि अर्को समस्या परेको हो।

    स्वास्थ्य संस्थामा औषधी र उपकरण भएपनि सञ्चालन गर्ने चिकित्सक नहुँदा शाही जस्तै दर्जनौ विरामीहरु अस्पतालको ढोकाबाटै दिनहुँ फर्कने गर्दछन्। स्वास्थ्य केन्द्रमा एक जना एमबिबिएस डाक्टरको दरबन्दी छ। त्यहाँ कार्यरत मेडिकल अधिकृत डाक्टर सन्दीपकिरण प्रधान एमडी अध्ययनका लागि बिदामा गएको छ महिनादेखि प्राथमिक स्वास्थ्य केन्द्र लिम्सा चिकित्सक विहिन भएको हो।

    डाक्टर मात्र होइन, नौँ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको उक्त स्वास्थ्य संस्थामा स्टाफ नर्स, अनमी र ल्याव असिस्टेन्ट पद पनि लामो समयदेखि खाली छ। आवश्यक उपकरणको व्यवस्था भए पनि ल्याब सेवा सञ्चालनमा नआएको वर्षौं भइसक्यो। बारेकोट गाउँपालिका जिल्लाको अन्य स्थानीय तह मध्य बढी दुर्गम मानिन्छ। जुम्ला र डोल्पाको सिमाना रहेको बारेकोट गाउँपालिका साविकका ४ वटा गाविस मिलेर बनेको छ। बारेकोट बाट जाजरकोट सदरमुकाम आउँन मात्र तीन दिन लाग्ने गरेको स्थानीबासी खड्क शाहीले बताए।

    उपकरण र चिकित्सकको दरवन्दी भएको स्वास्थ्य संस्था लिम्सा भएकाले यहाँ दैनिक विरामीको चाप पढ्ने गर्दछ। विरामी बढेपनि चिकित्सक नहुँदा दैनिक हात लाग्यो शुन्य हुँदै आएको स्थानीयबासीले बताएका छन्। स्थानीय औषधी पसलमा उपचार गराएर हजारौ रकम खर्च गर्न बाध्य भएको बारेकोटबासीको गुनासो छ। औषधी पसलमा कडा डोजको औषधी प्रयोग गरी उपचार हुँदा स्वास्थ्य संस्थाको औषधीले काम समेत गर्न छाडेको स्वास्थ्यकर्मीहरु बताउँछन्।

    औषधीको मात्रा र रोगको अवस्थाका आधारमा औषधी चलाउनु पर्नेमा निजि मेडिकल ( औषधी पसल) ले बिरामी छिटो निको पार्ने बहाना कडा डोजको औषधी चलाएर सरकारी स्वास्थ्य संस्थाको औषधीले काम नगर्ने अवस्था सिर्जना भएको बताउँदै आएका छन्।

    स्वास्थ्य तथा सरसफाइ बारेकोट शाखाका संयोजक वीरराज सिंहले प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर अध्ययन बिदामा बसेपछि उपचार सेवा दिन समस्या भएको बताए। अध्यायन विदामा बसेका चिकित्सकको ठाउँमा स्वास्थ्य सेवा विभागले वैकल्पिक व्यवस्था नगर्दा दुर्गमका बासिन्दा उपचार सेवाबाट वञ्चित हुनुपरेको हो।

    लिम्सा स्वास्थ्य केन्द्र स्थापना भएको दुई दर्शक भएपनि प्रभावकारी सेवा प्रवाह नहुँदा दैनिक समस्य हुँदै आएको छ। बारेकोटबासीहरु अहिले पनि एक्सरे, ल्याव सेवा लिनका लागि नलगाड नगरपालिकाको दल्ली र जाजरकोट सदरमुकामस्थित जिल्ला अस्पताल र नेपालगन्ज जाने गर्दछन्। भरपर्दो सेवा सेना नपाउँदा यहाँका दर्जनौ मानिसहरु अकाल्मै ज्यान गुमाउन बाध्य छन्। माल भएर पनि चिकित्सक नहुँदा चाप नपाउँने अवस्था सिर्जना भएपछि दुर्गमका स्वास्थ्य संस्था प्रतिको विश्वास घट्दै गएको स्थानीयबासीहरु बताउँछन्। अहेवको भरमा चलेको स्वास्थ्य संस्थामा उपकरण प्रयोगमा नआउँदा समस्य हुँदै आएको छ।

    गरिवी र अशिक्षाका कारण यहाँका अधिकांश स्थानीयहरु घरमै रोग पालेर बसेको पाइन्छ। केही हप्ता अघि भएको स्वास्थ्य शिविरमा मात्र भारी मात्रामा पाठ्यघरमा समस्य आएको विरामी फेला परेका थिए। पहुँचमा स्वास्थ्य संस्था नहुँदा भारी मात्रामा विरामी भएपनि उपचारका अभावमा समस्य भोग्दै आएको बारेकोट स्थित बीरेन्द्र एश्वर्य मावि लिम्साका प्रधानाध्यापक गोरखबहादुर सिंहले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]