खेलकुद

आइपिएल : कोहली कप्तान रहेको बैंगलोरको हारमा ह्याट्रिक

हैदरावादका एक खेलाडीको जत्ति रन बनाउन सकेन बैंगलोरको पूरै टिमले

विराट कोहली
चैत १७, २०७५

    भारतका कप्तान विराट कोहलीको टिम रोयल च्यालेन्जर्स बैंगलोरको जारी इन्डियन प्रिमियर लिग सिजन १२ मा लगातार तेस्रो हार भएको छ।

    कोहलीको टिमको तेस्रो हार भने लज्जास्पद रह्यो। बैंगलोरले तेस्रो हार बेहोर्ने क्रममा विपक्षी सनराइजर्स हैदरावादका एक खेलाडीको जत्ति पनि रन बनाएन र ११८ रनको फराकिलो हार बेहोर्नुपर्‍यो।

    हैदरावादले दिएको २३१ रनको कठिन लक्ष्य पछ्याएको कोहलीको टिमले जम्मा ११३ रनमात्र बनाएर ११८ रनले पराजित बन्न पुग्यो। बैंगलोर १९.५ ओभरमा अलआउटसमेत भएको थियो।

    बैंगलोरका लागि कालिन डी ग्रैन्डहोमले सर्वाधिक ३७ रन बनाए। प्रयास राय वर्मनले १९, उमेश यादवले १४ र पर्थिव पटेलले ११ रनमात्र बनाए। बैंगलोरका कप्तान कोहलीलगायत अन्य खेलाडीले दोहोरो अंकमासमेत रन जोड्न सकेनन।

    कोहलीको टोलीलाई सस्तैमा समेट्ने क्रममा हैदरावादका मोहम्मद नावीलेमात्रै ४ विकेट लिए। सन्दीप शर्माले ३ खेलाडीलाई पवेलियन फर्काए भने ३ खेलाडी रनआउट भएका थिए।

    बैंगलोरको विकेट लिएपछि खुसीयाली मनाउँदै सनराइजर्स हैदरावादको टिम

    आइपिएलको आइतबारको पहिलो खेलको पहिलो इनिङमा धमाकेदार ब्याटिङ देख्न पाइएको थियो। भुवनेश्वर कुमार कप्तान रहेको सनराइजर्स हैदरावादले विराट कोहली नेतृत्वको रोयल च्यालेन्जर्स बैंगलोरविरुद्धको एउटै इनिङमा दुई शतक प्रहार गरेको थियो।

    हैदरावादका लागि दुई विदेशी खेलाडीले शतक प्रहार गरेका थिए। टस हारेर ब्याटिङको निम्तो पाएको हैदरावादका जोनी बेयरेस्टो र डेभिड वार्नरले शतक प्रहार गरेका थिए।

    राजिव गान्धी अन्तर्राष्ट्रिय स्टेडियमा हैदरावादमा भएको खेलमा प्लेयर अफ द म्याच बेयरेस्टोले ५६ बलमा ११४ रन प्रहार गरेका थिए भने वार्नरले ५५ बलमा नटआउट १०० रन प्रहार गरेका थिए।

    दुई शतकको मद्दतमा हैदरावादले कोहलीको बैंगलोरसामू २३१ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

    हैदरावादका दुई खेलाडीमात्र आउट भएका थिए। जसमा एक विकेट युजवेन्द्र चहलले लिए भने अर्को एक विकेट रनआउट भएको थियो।

    आइपिएलको १२औँ सिजनसम्म पुग्दा अहिलेसम्म चार शतकमात्र भएका छन। १२औँ सिजनमा मात्रै तीन शतक प्रहार भएका छन। जसमध्ये आजको एउटै इनिङमा मात्र दुई शतक प्रहार भएका हुन।  

    कोहलीको टिमले लगातार तीन खेलमा पराजय बेहोरेको छ। उनले शीर्ष चारमा छनोट हुनका लागि अबका खेलमा जित निकाल्नै पर्ने भएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]