राजनीति

पूर्वराजा शाह इलाममा

चैत १७, २०७५

    इलाम : पूर्वराजा ज्ञानेन्द्र शाहलाई आइतबार इलामको फिक्कल बजारमा भव्य स्वागत गरिएको छ। निजी भ्रमणका लागि झापाको दमक हुँदै पाँचथर हिँडेका पूर्वराजा शाहको स्वातगमा मेची राजमार्गका हजारौँको संख्यामा उनका सर्मथक बसेका थिए।

    आइतबार साँझ इलाम सदरमुकाममा बसेर पूर्वराजा सोमबार पाँचथर जाने कार्यक्रम रहेको छ। सोमबार उनले पाँचथर सदरमुकाम फिदिमको शिवालयमा पूजाआजा र राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सालिकमा माल्यार्पाण गर्ने कार्यक्रम छ।

    मंगलबार पुनः इलाम फर्केर उनी बुधबार पनि इलाम बस्ने उनका सर्मथक हरि  श्रेष्ठले बताए। बिहीबार इलाममा पदयात्रा र माइस्थान मन्दिरमा उनले पूजाआजा गर्ने कार्यक्रम तय गरिएको छ। त्यसै दिन पूर्वराजा दमक फर्कने छन।

    कुनै विशेष सार्वजनिक कार्यक्रमहरू नभई पूर्वराजा ज्ञानेन्द्र निजी भ्रमणका लागि पूर्वी पहाड यात्रा गरेको श्रेष्ठले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]