समाज

त्रिशूलीमा खसेर एक बेपत्ता, अन्य दुई सम्पर्कविहीन

फाइल फोटो
असार १९, २०७३

    चितवन : मुग्लिन–नारायणगढ सडकखण्डको चन्डिभञ्याङ–९ स्थित त्रिशूली नदीमा खसेर एक मजदुर बेपत्ता भएका छन् । घटनास्थलमा कुर्न बसेका अन्य दुई जनासमेत सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । 

    मुग्लिन–नारायणगढ सडक आयोजनामा काम गर्ने नुवाकोट जिल्लाको वीरेन्द्रनगर नगरपालिका घर भई सडकमा काम गर्दै आएका ३० वर्षीय नारायणबहादुर थापा गएराति करिब १२ बजेको समयमा सडकबाट लडेर नदीमा खसी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

    चन्डिभञ्याङ–९ स्थित सडकबाट मुग्लिनतर्फ साथीहरुसँग जाने क्रममा बाटोबाट लडेर त्रिशूलीमा खसेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।आयोजनाको साहुसँग पैसा माग्दा नदिएपछि उनीसहित छ जना साथी हिँडेर मुग्लिनतर्फ जाने क्रममा सो घटना भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

    छ जनामध्ये एक जना बेपत्ता भएपछि दुई जना घटनास्थलमा बसेर तीन जना प्रहरीलाई खबर गर्न गएका थिए । तीन जनाले इलाका प्रहरी कार्यालय मुग्लिनलाई खबर गरी प्रहरीसहित खोजीका लागि आउँदा कुर्न बसेका दुई जनासमेत सम्पर्कविहीन भएको पाइएको प्रहरीले जानकारी दिएको छ । उनको राति खोजी गर्दा नभेटिएपछि बिहानै प्रहरी परिचालन गरिएको छ । 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]