विश्व

पर्खाल भत्किएर किच्दा कम्तीमा १७ जनाको मृत्यु

असार १४, २०७६

    नयाँदिल्ली : भारतको महाराष्ट्र राज्यस्थित पुणेको कोन्ढवा इलाकामा भारी बर्षातका क्रममा एउटा टोलको पर्खाल भत्किएर किच्दा कम्तीमा पनि १७ जनाको ज्यान गएको छ। 

    शनिबार सबेरै बिहान साढे १ बजे पर्खाल खसेर झुपडीमा बजारिएको थियो। यो घटनामा ११ पुरूष, २ जना महिला र चारजना बालबालिकाले ज्यान गुमाएका छन्।तीनजनाको उद्धार गरिएको छ । अझै पनि पर्खालको भग्नवाशेषमा केही मानिस पुरिएको अनुमानमा खोजतलास जारी छ। 

    पानी अत्यधिक परेपछि टोलको ५० फिट लामो पर्खाल भास्सिँदै गएर झुपडीमा खसेको हो। प्रत्यक्षदर्शीका अनुसार मर्नेको संख्या अझै बढ्न सक्छ। पुणेका जिलाधिकारी नवल किशोर रामले ठेकेदारविरूद्ध मुद्दा दर्ता गर्न आदेश दिएका छन्। 

    घटनामा ज्यान गुमाएकामा धेरै जसो झुपडीमा बस्ने गरेका बिहारका बासिन्दा रहेका छन्। प्रहरीले यससम्बन्धमा अनुसन्धान अघि बढाएको जनाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]