काठमाडौं : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भूभाग...
रामेछाप : लिखु तामाकोशी गाउँपालिका–१ दुरागाउँको गुरुवाङ्गमा जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।
शनिबार बिहान ना ४ च ६२०५ नम्वरको जिप दुर्घटनामा हुँदा जिप चालक क्याल्वु तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक सन्तोषकुमार भट्टराईले जानकारी दिए। दुर्घटनामा परी वडा नम्बर १ का अध्यक्ष निङमार तामाङ घाइते भएका छन्। उनको दुरागाउँस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ।
बिहान साढे ७ बजे दुरागाउँबाट सार्वातर्फ जाँदै गरेको गाडी अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको प्रहरीले बताएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।