समाज

जिप दुर्घटनामा चालकको मृत्यु, वडाध्यक्ष घाइते

असार १४, २०७६

    रामेछाप : लिखु तामाकोशी गाउँपालिका–१ दुरागाउँको गुरुवाङ्गमा जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।

    शनिबार बिहान ना ४ च ६२०५ नम्वरको जिप दुर्घटनामा हुँदा जिप चालक क्याल्वु तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक सन्तोषकुमार भट्टराईले जानकारी  दिए। दुर्घटनामा परी वडा नम्बर १ का अध्यक्ष निङमार तामाङ घाइते भएका छन्। उनको दुरागाउँस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ।

    बिहान साढे ७ बजे दुरागाउँबाट सार्वातर्फ जाँदै गरेको गाडी अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको प्रहरीले बताएको छ।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]