काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार...
बैतडी : स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार असार १० भित्र स्थानीय तहले बजेट ल्याइसक्नुपर्ने भए पनि बैतडीका तीन नगरपालिकाले अझै पनि आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम एवं बजेट ल्याउन सकेका छैनन्।
दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र पुर्चौडी नगरपालिकाले बजेट सार्वजनिक गर्न नसकेका हुन्। तयारी नपुगेकाले निर्धारित समयमा बजेट ल्याउन नसकेको दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले बताइन्।
शनिबार नगर कार्यपालिकाको बैठक रहेको र आइतबार नीति तथा कार्यक्रम प्रस्तुत हुने उनले बताइन्। पाटन नगरपालिकाले पनि आइतबारसम्म बजेट सार्वजनिक गर्ने तयारी गरेको उपप्रमुख सरस्वती कोलीले बताइन्।
यस्तै, पुर्चौडी नगरपालिकाले असार २० पछि बजेट सार्वजनिक गर्ने तयारी गरेको छ। वडास्तरमा योजना तर्जुमाको काम नसकिएको, टोल भेला, बस्ती भेला जारी रहेकाले कम्तीमा एक सातापछि मात्र नीति तथा कार्यक्रम सार्वजनिक गर्ने नगरप्रमुख रणबहादुर कुँवर बताए।
जिल्लाका १० वटा स्थानीय तहमध्ये सात वटाले यसअघि नै बजेट प्रस्तुत गरिसकेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।