फिचर

विद्युतीय धरापमा यसरी पर्‍यो जंगली हात्ती (पाँच फोटो)

घटनास्थलमा मरेको हात्ती हेर्न आउनेको भीड

असार १४, २०७६

    भद्रपुर, (झापा) : झापाको हल्दिवारीमा जंगली हात्तीको छावा करेन्ट लागेर मरेको छ। हुलाकी राजमार्गसँग जोडिएको साबिक जलथल गाविस १ हाल हल्दिवारी ३ स्थित रनकाली सामुदायिक वनभित्र करेन्ट लागेर छावा मरेको हो। 


    योसँगै २०६७ सालदेखि अहिलेसम्म जिल्लामा छावासहित ११ वटा जङ्गली हात्ती र ३९ जना मानिसको मृत्यु भइसकेको डिभिजन वन कार्यालय झापाका विष्णुलाल घिमिरेले जानकारी दिए।

    रनकाली सामुदायिक वन उपभोक्ता समूहको कार्यालयको ५० मिटरनजिकै छावा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको उनले बताए। 
    उनका अनुसार करिब तीन वर्षको छावा मत्ता हात्तीले आफ्नो सुँडले करेन्ट प्रवाह भएको अर्थिङको तार छोएपछि मरेको हो।

    घटनास्थलमा हात्ती हेर्न आउने स्थानीयको भीड लागेको छ। केही स्थानीयलाई मृत हात्तीलाई पूजा गर्दै फुल तथा पैसा चढाइरहेका छन्। करेन्ट लागेर मृत्यु भएको छावा हात्तीको पशु चिकित्सकले पोस्टमार्टम गरे पश्चात् त्यही जङ्गलमा खाल्डो खनेर पुर्ने तयारी भइरहेको उनले बताए। 

    हात्तीबाट बस्ती जोगाउन विद्युतीय तारबार

    जलथलको चार कोषे जङ्गलमा ८ देखि १० वटा रैथाने हात्ती रहेको स्थानीय बताउँछन्। रनकाली सामुदायिक वन उपभोक्ता समूहले जङ्गल नजिकैको बस्तीमा दिनहुँ जङ्गली हात्ती निस्किन थालेपछि त्यसबाट बच्न जङ्गल वरिपरि विगत ८ वर्षदेखि विद्युतीय तरबारको रूपमा अर्थिन करेन्ट लगाउँदै आइरहेको समूहका सदस्य योगेन्द्र लिम्बूले जानकारी दिए ।

    ‘करेन्ट लगाउँदा जङ्गल नजिकैको बस्ती सुरक्षित छ’, उनले भने, ‘त्यही भएर वनमा साँझ परेपछि अर्थिन करेन्ट लगाउँदै आएको छौ।’ शुक्रवार मध्यरातमा छावा र त्यसको माउसहित दुई वटा जङ्गली हात्ती निस्किएको समूहका अर्को सदस्य तारा निधि आचार्यले जानकारी दिए।

    माउ हात्तीले स्थानीय धनमाया लिम्बू, कृष्ण न्यौपाने र पशुपति वनको खेतमा गएर मकै खाएर क्षति पुर्‍याएका थिए। माउ हात्तीसँग छुटिएकाले छावा हात्तीको वनमै करेन्ट लागेर मरेको हुनसक्ने उनले बताए।   

    झापामा करेन्ट लागेर हात्तीको मृत्यु 
     

पार्थ मण्डल

मण्डल थाहा खबरका झापा (भद्रपुर) समाचारदाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]