राजनीति

नेपालको छिमेक सम्बन्ध सङ्लिएको छ : प्रधानमन्त्री ओली

असार १४, २०७६

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र नीतिका सम्बन्धमा देशको दृष्टिकोण एउटै हुनुपर्ने बताएका छन्। परराष्ट्र नीति सम्बन्धमा राष्ट्रिय कार्यक्रमको शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘देशको परराष्ट्र नीति, व्यक्तिपिच्छे, पार्टीपिच्छे फरक हुनु हुँदैन।’

    नेपालले एउटै विदेश नीति बनाएर अघि बढ्नुपर्ने उनले बताए। ओलीले नेपालले अब राजनीतिक कूटनीतिमा मात्र हैन आर्थिक कूटनीतिमा पनि ध्यान दिनुपर्ने बताएका छन्। ‘हाम्रो मुख्य उद्देश्य देशलाई समृद्धिको बाटोेमा तीव्र गतिमा अघि बढाउने हो।’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो क्षमता सीप र प्रविधिलाई विकासतर्फ केन्द्रित गर्नुपर्दछ।’

    प्रधानमन्त्री ओलीले राष्ट्र निर्माण, नेपाल एकीकरण र सार्वभौमसत्ताको रक्षाको लागि विगतमा योगदान गर्ने सबैलाई आफूले स्मरण गर्न चाहेको बताए। उनले विगतमा भन्दा नेपालको छिमेक सम्बन्ध सङ्लिएको उल्लेख गरे।

    ‘छिमेक नीतिका सम्बन्धमा हामीले थुप्रै कुरामा पुनरावलोकन गरेका छौं।’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो छिमेक सम्बन्ध सत्य, न्याय र विश्व व्यवस्थामा आधारित हुनुपर्दछ। हामी त्यता तर्फ नै केन्द्रित छौं। हाम्रो मुख्य उद्देश्य नै सबैसँग मित्रता, छैन कसैसँग शत्रुता भन्ने हो।’

    प्रधानमन्त्री ओलीेले नेपाल केही समय पछि परे पनि अब त्यो स्थिती धेरै दिन कायम नरहने बताए। ‘केही कारणले हामी केही समयपछि पर्‍यौं तर अब त्यो स्थिती रहदैन। तीव्र गतिमा अघि बढ्ने राष्ट्रिय लक्ष्य हामीले तयार गरिसकेका छौं।’ उनले भने, ‘गरिबीमाथिको हाम्रो प्रहार तीव्र छ। नेपालमा गरिबी अब लामो समय टिक्न सक्दैन।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]