राजनीति

सबै क्षेत्रमा सरकारको हस्तक्षेप : सभापति देउवा

फाइल तस्बिर
असार १४, २०७६

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान सरकार सबै क्षेत्रमा हस्तक्षेप गर्दै अघि बढेको आरोप लगाएका छन्।

    सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले शनिबार राजधानी काठमाडौंमा गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दे सभापति देउवाले वर्तमान सरकारले कर्मचारी प्रशासनमा अनावश्यक हस्तक्षेप गर्नुको साथै प्रेस स्वतन्त्रतामा अंकुश लगाउने काम गरेको बताए। उनले जुनसुकै क्षेत्रमा अत्याधिक कर बढाएर जनतालाई सास्ती दिने काम सरकारले गरिरहेको टिप्पणी गरे।

    सभापति देउवाले राष्ट्र र प्रजातन्त्रका लागि सबै भन्दा ठुलो अभिव्यक्ति स्वतन्त्रता नै नियन्त्रण गरेर सरकारले लोकतन्त्रलाई कमजोर बनाउने प्रयास गरेको आरोप लगाए। उनले जनतालाई कुनै पनि प्रकारको कर नथप्ने सुनकोशी गाउँपालिकाको निर्णयको स्वागत गरे।

    कार्यक्रममा भारतीय सांगितिक कार्यक्रम 'सारेगमप'का तेश्रो विजेता नेपाली बालक आयुष केसी लगायत विभिन्न क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मान गरिएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]