विराटनगर : दुई समूहबीच विवाद भएपछि विराटनगरस्थित तनावग्रस्त क्षेत्रको अवस्था अहिले केही समान्य भएको छ। राम नवमीको अवसरमा एउटा समूह...
ओखलढुंगा : ओखलढुंगाका एक जनप्रतिनिधिले आफ्नो जन्मदिन आफ्नो वडामा भएका एक घरविहीन बिपन्नलाई बस्ने घर बनाई दिएका छन्। ओखलढुंगा चम्पादेवी गाउँपालिका १० का वडा अध्यक्ष उज्जन बुढाथोकीले आफ्नो वडामा रहेका एक विपन्नलाई बस्ने बास बनाई दिएर जन्मदिन मनाएका हुन्।
बुढाथोकीले आफ्नो जन्मदिनमा चम्पादेवी गाउँपालिका १० रानीवनका ८० वर्षीय गम्वसिं खड्कालाई बस्नको लागि बाँसको टाटीले बारी जस्ताको छानो लगाई दिएका छन्। घर परिवारमा कोही नभएका बृद्ध खड्का आफुले बस्ने बास पाएकोमा खुसी देखिन्छन्। उनले जस्ताको छानो र खाटमा सुत्न पाएकोमा आनन्दित भएको बताए।
'आफ्नो वडा अध्यक्षले घर वनाई दिएर म बुढोलाई ठूलो गुन लगाएको छ। अव खानका लागि पनि कसैले जोहो गरी दिए म बुढोको आशिस लाग्ने थियो' आँखाभरी आँसु बगाएर उनले भने। जन्म दिन मनाउनका लागी फजुल खर्च गरेर पश्चिमा संस्कृतिको विकास भइरहेको अवस्थामा वडा अध्यक्ष बुढाथोकी उदाहरणीय बनेका छन्।
फजुल तथा देखावटी खर्च गरेर चरित्रको विकास भन्दा आफूले बिपन्नको खुसी नै मनको खुसी देखेका कारण जन्म दिन यसरी मनाउन लागेको बुढाथोकीले बताए।
बुढाथोकीले गर्त वर्ष २५ औं जन्म दिनमा पनि आफ्नो वडामा बेसाहरा बनेकी फिन्चेमाया सार्कीलाई खाद्यन्न सहयोग गरी मनाएका थिए। उनले सार्कीलाई चामल, दाले, नुन, तेल र तीन हजार नगद दान गरेर मनाएका थिए।
आफू पनि विपन्न परिवारको मान्छे भएका कारण विपन्नको दुःख आफूले देख्न नसकेको र यस वर्ष खड्कालाई घर बनाई दिएको उनको भनाइ छ। आउने दिनमा पनि सामाजिक सेवामा लागी रहेने बताउने बुढाथोकीले बैठक भत्ता जोगाएर स्थानीय विद्यालयलाई एक सेट कम्प्युटरसहित कपी, कलम, सामान्य ज्ञानसम्बन्धी पुस्तकहरू पनि हस्तान्तरण गरेका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।