समाज

मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ, ५३ थान विलबुक बरामद

असार १४, २०७६

    चितवन : मोटरसाइकल चोरीमा संलग्न ४ जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा भरतपुर २० शारदानगर रानीपोखरीस्थित रोहित मोटरसाइकल वर्कसपमा छापामारी उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

    पक्राउ पर्नेमा भरतपुर २१ का २१ वर्षीय रोहित श्रेष्ठ, बारा कलैया नगरपालिका ८ का १९ वर्षीय कृष्ण शाह, कलैया ३ का १८ वर्षीय महाविर चौधरी र भारतीय नागरिक १४ वर्षीय राजाकुमार रहेको प्रहरी नायव उपरीक्षक, प्रहरी प्रवक्ता एक नारायण कोईरालाले जानकारी दिए। 

    वर्कसपबाट विभिन्न कम्पनीका २६ थान मोटरसाइकल र विभिन्न व्यक्तिको नाममा रहेको विलबुक ५३ थान पनि बरामद भएको जनाइएको छ। यस्तै इन्जिन नभएको च्यासिसहरू ८ थान, च्यासिस नभएको इन्जिनको ढिक्काहरू ६ थान, इन्जिन नम्बर देखिएको इन्जिनका कभरहरू ९ थान, ग्रान्डर लगाई न मेटाएको च्यासिस ३ थान, नम्बर मेटाएको इन्जिन २ थान, च्यासिस र इन्जिन न मेटाउन प्रयोग गर्ने ग्राण्डर १ थान प्राप्त भएको प्रहरीले जनाएको छ। यस्तै सादा नम्बर प्लेट १ बोरा भेटिएको जनाइएको छ । 

    भारत तथा नेपालका विभिन्न स्थानबाट मोटरसाइकल चोरेर वर्कसपमा लगेर खोल्ने, बनाउने, स्वरुप परिवर्तन गराउने, इन्जिन झिक्ने लगायतका क्रियाकलाप भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। यो घट्नासँगै मोटरसाइकल चोरीमा वर्कसप नै खोलेर ठूलो गिरोहको संलग्न रहेको खुलेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]