धनगढी : नेकपा एमालेनिकट अनेरास्ववियुकी नेतृ राजमती उर्फ रक्षा बमलाई पक्राउ गरिएको छ। अनेरास्ववियुको स्थायी कमिटी सदस्यसमेत रहेकी बमलाई हिजो...
सर्लाही : सर्लाहीको हरिवन नगरपालिमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ। रोजगार कार्यक्रमअन्तर्गत शनिबारदेखि लागू हुने गरी ४२२ जनालाई काम दिइएको छ।
आर्थिक वर्ष २०७५/०७६ को समय अन्तिम भइसकेकोले नगरपालिकाको ११ वटै वडाबाट कामदार छनोट गरी ९ दिन मात्र रोजगार प्रदान गरिएको नगरपालिकाका रोजगार संयोजक प्रदिप महतोले जानकारी दिए।
नगरपालिकामा १९२३ जना बेरोजगार युवाले फारम भरेता पनि यस चालु आर्थिक वर्षमा फारम भरेका मध्येबाट अति विपन्न परिवारका सदस्यलाई छनोट गरिएको संयोजक महतोले बताए। छनोट भएकालाई नगरपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयको हातामा बृक्षारोपण गर्ने काममा खटाइने छ। त्यस बापत उनीहरूलाई दैनिक ५१७ रुपैयाँ तलब भत्ता पाउने छन्।
रोजगार कार्यक्रमका लागि नगरपालिकाकामा २८ लाख रुपैयाँ बजेट आएको नगरपालिकाका प्रमुख (मेयर) गणेश प्रसाईले जानकारी दिए। रोजगार कार्यक्रमअन्तर्गत रोजगार प्राप्त गर्नका लागि १८ वर्ष पूरा भइ ५९ वर्ष मुनिकाे हुनुपर्ने नगरपालिकाले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।