राजनीति

४२२ जनाले पाए विद्यालय हातामा बृक्षारोपण गर्ने रोजगारी

असार १४, २०७६

    सर्लाही : सर्लाहीको हरिवन नगरपालिमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ। रोजगार कार्यक्रमअन्तर्गत शनिबारदेखि लागू हुने गरी ४२२ जनालाई काम दिइएको छ।

    आर्थिक वर्ष २०७५/०७६ को समय अन्तिम भइसकेकोले नगरपालिकाको ११ वटै वडाबाट कामदार छनोट गरी ९ दिन मात्र रोजगार प्रदान गरिएको नगरपालिकाका रोजगार संयोजक प्रदिप महतोले जानकारी दिए।

    नगरपालिकामा १९२३ जना बेरोजगार युवाले फारम भरेता पनि यस चालु आर्थिक वर्षमा फारम भरेका मध्येबाट अति विपन्न परिवारका सदस्यलाई छनोट गरिएको संयोजक महतोले बताए। छनोट भएकालाई नगरपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयको हातामा बृक्षारोपण गर्ने काममा खटाइने छ। त्यस बापत उनीहरूलाई दैनिक ५१७ रुपैयाँ तलब भत्ता पाउने छन्।  

    रोजगार कार्यक्रमका लागि नगरपालिकाकामा २८ लाख रुपैयाँ बजेट आएको नगरपालिकाका प्रमुख (मेयर) गणेश प्रसाईले जानकारी दिए। रोजगार कार्यक्रमअन्तर्गत रोजगार प्राप्त गर्नका लागि १८ वर्ष पूरा भइ ५९ वर्ष मुनिकाे हुनुपर्ने नगरपालिकाले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]