राजनीति

तीनै तहका सरकार अव उत्पादनमा लाग्नुपर्छ : मन्त्री आङबाे

असार १४, २०७६

    उदयपुर : प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबाेले  स्थानीय तीन तह सरकार कृषि जन्य उत्पादनमा लाग्नु पर्ने बताए।

    मन्त्री आङबाेले शनिबार बेलाका नगरपालिकाका उदयपुरको पञ्चवर्षीय योजना सार्वजानिक गर्दै अवका दिनमा तीनै तहका सरकार उत्पादनलाई प्राथमिकता दिन लाग्नुपर्ने बताएका हुन। मन्त्री आङबाेले तीन तहका सरकारले विशेषगरी कृषि जन्य माैलिक उत्पादनमा जोड दिनु पर्ने वेला आएको समेत बताए।

    ‘स्थानीय, प्रदेश र संघीय सरकारनै अवका दिनमा उत्पादनमा लाग्नु पर्ने बेला आएको छ’, उनले भने, ‘यसको लागि देशमा भएको दुई तिहाईको सरकार ठोस योजनासहित आउँदै छ। ’संघीय संरचना नयाँ भएकाले केही तीनै तहका सरकारको काममा केही ढिला सुस्ती भएको छ।' उनले स्थानीय, प्रदेश र संघीय सरकारका समस्यहरु हल हुँदै गएका बताए। मन्त्री आङबाेले स्थानीय र प्रदेश सरकार जनताको साथी भएकाले जनाको मत जितेरै काम गर्दै आइरहेको समेत दावी गरेका छन। 

    बेलकाको पंञ्चवर्षीय नगर आवधिक योजना सार्वजानिक

    एकीकृत नगरविकासका लागि उदयपुरको सबैभन्दा कान्छो नगरपालिका बेलकाले प्रथम पञ्चववर्षीय आवधिक योजना सार्वजानिक गरेको छ। मन्त्री आङ्बोले नगरपालिकाले आवधिक योजनाको अन्तिम वर्ष २०८१ सम्ममा विभिन्न शीर्षकमा गरी ३ अर्व ८७ करोड १३ लाख २६ हजार ६८३ रुपैयाँ खर्च हुने प्रक्षेपण गरिएको आवाधिक योजना सार्वजानिकरण गरेका हुन्।

    नगर प्रमुख दुर्गाकुमार थापा (स्वस्ति) ले आवधिक योजनाको प्रमुख रणनीतिमा कृषिको आधुनिकरण, व्यवसायिकरण, वजारीकरण गरी उत्पादन र उत्पादकत्वमा बृद्धि, गुणस्तरीय तथा प्राविधिक शिक्षा, स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गरी स्वास्थ्य तथा सक्षम मानव संसाधनको विकास गर्ने, गुणस्तरीय पूर्वाधारद्बारा नगर विकासको दिगो आधार निर्माण गरिने लक्ष्य लिइएको बताए।

    यसैगरी प्राकृतिक स्रोत साधनको वैज्ञानिक व्यवस्थापनबाट आर्थिक, सामाजिक तथा वातवरणीय लाभको अधिकतम उपयोग, गरिवी निवारण, पोषण तथा खाद्य सुरक्षा, भुउपयोगी तथा भूमि व्यवस्थापन, लैगिंक समानता, सामाजिक समावेशीकरण, सामाजिक समानता, सामाजिक सुरक्षा र संरक्षणको अभिबृद्धि गरी सामाजिक न्यायको प्रवर्द्धन गर्ने, चुस्त संरचना, नतिजामुखी प्रशासन, प्रविधिमैत्री कार्यसम्पादन, सेवामुखी र सदाचारयुक्त स्थानीय सरकारको विकासको परिकल्पना गरिएको नगरपालिकाको दावी छ। 

    योजनामा सुशासनको स्थापना, स्थानीय कच्चापदार्थ र कृषिमा आधारित उद्योग व्यवसायको प्रवर्द्धन, पर्यटकीय उपज तथा गन्तव्यको विकास गरी आर्थिक विकास र रोजगारी अभिबृद्धि, उद्यमविकास तथा पर्यटन प्रवर्द्धन, जलवायु परिवर्तन तथा वातावरणीय सन्तुलन, आन्तरिक राजश्व वृद्धि तथा वित्तीय सुशासन, आर्थिक विकास र सामाजिक विकास तथा सुरक्षालाई मुख्य रणनीतिकोरुपमा लिइएको प्रमुख थापाले बताए। 

    शिक्षातर्फ सामुदायिक विद्यालयमा ५ वर्षमा ८० प्रतिशत विद्यार्थी एसइई परीक्षमा ए प्लस ग्रेड ल्याउने गरी शिक्षा नीति तयार गरिएको छ। आधारभूत विद्यालयको कक्षा १ देखि ५ सम्मका बालबालिकालाई विद्यालयमा निरन्तरता र टिकाई राख्न खाजाको व्यवस्थापन गर्ने, प्राविधिक विषयमा स्नातक तहसम्म सञ्चालन गर्ने, एक घर एक धाराको रणनीति लिने लक्ष्य राखिएको छ। 

    सार्वजानिक कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकप) का उदयपुर जिल्ला अध्यक्ष विनोद कटुवाल दिवसले नगरपालिकाको दिगो विकासको लागि कोसेढुंगा सावित हुने आवधिक योजना रहेको बताएका छन।

    कार्यक्रममा बेलका नगरक्षेत्रमा जन्मिएर विभिन्न तहमा रहेका ६ जनालाई सम्मानित गरिएको छ। सम्मानित हुनेहरूमा मध्यपश्चिमाञ्चल विश्व विद्यालयका उपकुलपति डा. उपेन्द्र कोईराला, काष्ठमाण्डप क्याम्पसका प्रमुख पेशल लुईटेल, फोटो पत्रकार ईश्वर रौनियार, डा. रामचद्र लामिछाने, नन्दलाल बास्तोला रहेका छन्। प्रदेश १ का प्रदेशसभा सदस्य विमल कार्कीले आवाधिक योजनाले समग्र बेलकाको विकास निर्माणमा थप नयाँ आयम ल्याउने बताए। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]