समाज

बुद्धचित्तको ८ बोरा मालासहित तीनजना पक्राउ

असार १४, २०७६

    भक्तपुर : प्रहरीले करोडौँ मूल्य पर्ने ८ बोरा बुद्धचित्तको मालासहित तीजनालाई भक्तपुरबाट पक्राउ गरेको छ। सूर्यविनायक नगरपालिका-८ जगातीबाट हरियो दाना भएको बुद्धचित्तको माला ८ बोरा, सुकेको दाना ३ केजी र एक लाख ११ हजार रुपैयाँसहित स्वयम्भू बस्ने काभ्रे भुभ्लु गाउँपालिका-१० घर भएकी ५५ वर्षीया मञ्जु लामासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।

    महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले बा.१९ च ५३११ नम्बरको कार जाँच गर्ने क्रममा पछाडीको सिट र डिक्कीमा लुकाएको उक्त परिमाणको बुद्धचित्तसहित उनीहरुलाई पक्राउ गरेको हो ।

    ठुलो आकारको बुद्धचित्तको एक पाथीको २५ लाख सम्ममा किनबेच हुने प्रहरीले जनाएको छ। काभ्रेका  विभिन्न गाउँमा फल्ने बुद्धचित्तको एउटा मालाको मूल्य कम्तीमा पनि एक लाख रूपैयाँ छ। एक मुठ्ठी बराबर बुद्धचित्तबाट एउटा माला बन्छ। एउटा मालामा १ सय ९ वटा दाना राखिन्छ। मालाको आकार र मुख अनुसार यसको मूल्य तोकिन्छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]