खेलकुद

विश्वकप क्रिकेट : अष्ट्रेलिया शीर्ष स्थानमा यथावत

असार १५, २०७६

    विश्वकप क्रिकेटमा अष्ट्रेलियाले न्युजिल्याण्डलाई पराजित गरेको छ। लर्ड्समा शनिबार राति भएको खेलमा अष्ट्रेलियाले न्युजिल्याण्डलाई ८६ रनले पराजित गरेको हो।

    इंग्ल्याण्डको लर्ड्स क्रिकेट मैदानमा अष्ट्रेलियाले दिएको २४४ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड ४३ ओभर ४ बलमा अलआउट हुँदै १५७ रनमा समेटियो। न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सनले सर्वाधिक ४० रन बनाएपनि टोलीलाई हारबाट जोगाउन सकेनन् । यस्तै रोस टेलरले ३० रन जोड्दा मार्टिन गुप्टिलले २० रन बनाए।

    न्युजिल्याण्डलाई सस्तैमा समेट्न अष्ट्रेलियाका मिचेल स्टार्कले ५ विकेट लिए। उनले ९ ओभर ४ बलमा २६ रन खर्चेर ५ विकेट लिएका हुन्। यस्तै जासन पाउलले २ विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ९  विकेट गुमाएर २४३ रन बनाएको थियो।

    अष्ट्रेलियाका लागि उस्मान ख्वाजा र एलेक्स केरीले अर्धशतकीय इनिङ्स खेले। ख्वाजाले ८८ रनको योगदान दिए। केरीले ७१ रन बनाए। यस्तै पाट कुमिन्सले अविजित २३, मार्कूस स्टोनिसले २१ तथा डेभिड वार्नरले १६ रन बनाए।

    न्युजिल्याण्डका ट्रेन्ड बोल्टले ह्याट्रिक विकेटसहित ४ विकेट लिए। बोल्टले अन्तिम ओभरको तेस्रो बलमा ख्वाजा, चौंथोमा मिचेल स्टार्क र पाँचौं बलमा जासन पाउललाई आउट गर्दै ह्याट्रिक पुरा गरे। उनको यो विश्वकपमा पहिलो ह्याट्रिक हो।  बोल्ट विश्वकपमा ह्याट्रिक लिने न्युजिल्याण्डको पहिलो खेलाडी समेत बने।

    जितसँगै अष्ट्रेलिया अंक तालिकाको शीर्ष स्थानमा यथावत रहन सफल भएको छ। यसअघि नै सेमिफाइनल पुगिसकेको अष्ट्रेलियाले ८ खेलबाट १४ अंक जोडेको छ।यो हारसंगै न्युजिल्याण्डले भने सेमिफाइनलमा स्थान बनाउने मौका गुमाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]