छापा

पूर्वकेन्द्रीय मन्त्रीले लिए भैसी, भन्छन्, धेरै सहिद परिवारको फर्म भरिदिएको छु

असार १५, २०७६

    सिरहा :  जो सहिद भए ५० लाख दिन्छौँ भनेर आन्दोलनमा उतारियो, आज एउटा भैँसी लिन पनि सहिद भएको प्रमाणसहित निवेदन दिन भनियो, के सरकारसँग सहिदको अभिलेखसमेत छैन?

    प्रदेश २ सरकारले मधेस आन्दोलनका सहिद परिवारका लागि भन्दै भैँसी किनेर पार्टीका नेता तथा पूर्वमन्त्रीलाई वितरण गरेको छ। सिरहामा सरकारले बाँडेको भैँसी पूर्वमन्त्री र पार्टीका नेतादेखि नेताका आफन्तसम्मको गोठमा पुगेका छन्।

    पूर्वकेन्द्रीय मन्त्रीसमेत रहेका समाजवादी पार्टीका नेता राजलाल यादव र उनका छोरीज्वाइँ रमेशकुमार यादवले सहिदको परिवारका नाममा आएको भैँसी पाएका छन्। उनीहरूलाई भूमि व्यवस्था तथा कृषि एवं सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले बिहीबार लहानस्थित पशुपति आदर्श माविको प्रांगणमा भैँसी हस्तान्तरण गरेका थिए। 

    मधेस आन्दोलनमा सिरहाबाट ६ जना सहिद भएका थिए। यो जिल्लामा सरकारले १८ परिवारलाई भैँसी बाँडेको छ। तर, तीन सहिद परिवारले भैँसी पाएका छैनन्। सहिद रमेशकुमार महतो, बेचन यादव र प्रमोद सदायका परिवारले मात्रै सरकारी भैँसी पाएका छन्। सहिद विजयकुमार सहनी, मोहम्मद अनिस र राजेशकुमार ठाकुरका परिवारले भने पाएनन्। पहुँचका आधारमा सहिद परिवारबाहेकका राजनीतिक व्यक्तिलाई भैँसी बाँडेको भन्दै पीडितले आपत्ति जनाएका छन्। 

    प्रदेश २ सरकारले मधेस आन्दोलनका सहिद परिवारलाई दुहुनो गाई र भैँसी वितरण गर्ने भन्ने कार्यविधिको शीर्षकबाटै प्रस्ट पारेको छ। ‘मधेस आन्दोलनका सहिद परिवारलाई दुधालु गाई वा भैँसी वितरण कार्यक्रम सञ्चालन कार्यविधि, २०७५’ नाम दिइएको छ। 

    पूर्वकेन्द्रीय मन्त्री राजलाल यादव भन्छन्–सहिद परिवारका लागि मैले यत्रो काम गरेको छु, एउटा भैँसी लिनु कुन ठूलो कुरा हो?

    मधेस आन्दोलनमा प्रहरीको लठी खाएर अस्पतालमा भर्ना भएको मान्छे हुँ। मैले घाइतेको नाममा भैँसी लिएको हुँ। मागेको त गाई हो, तर दुईवटा मात्रै रहेछ, त्यसैले पाइनँ। प्रदेश सरकारले सूचना निकालेरै घाइतेको विवरण मागेअनुसार नै मैले फर्म भरेको हो। १२ गते भैँसी दिँदा सरकारले हामीसँग एउटा सम्झौता नै गरेको छ, घाइतेलाई दिएको भनेर। सहिद परिवार पनि छुटेको छैन। कसैले इच्छा नै नदेखाएर नपाएको हुन सक्छ। म त सहिद रमेश महतो प्रतिष्ठानको अध्यक्ष पनि हुँ। सहिदको घर–घरमा पुगेको छु। कतिपयको फर्म त मैले नै भरिदिएको हो। मैले सहिद परिवारका लागि जति काम गरेको छु, त्योअनुसार सरकारले दिएको एउटा भैँसी लिनु ठूलो कुरा हो र? ८० हजार हालेर भैँसी किन्न नसक्ने मान्छे पनि होइन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]