समाज

कुकुरको संख्या घटाउन बन्ध्याकरण

असार १५, २०७६

    ताप्लेजुङ : फुङलिङ नगरपालिकाले नगर क्षेत्रमा रहेका सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ। नगर क्षेत्रमा कुकुरको संख्या घटाउने कुकुरको स्थायी बन्ध्याकरण गरिएको नागरपालिकाले जनाएको छ।

    बजार क्षेत्रमा कुकुरको संख्या बढ्दा त्यसले नकारात्मक असर पुग्ने भएकाले प्रजनन दर घटाउने कार्यक्रम सञ्चालन गरेको नगरपालिकाले जनाएको छ। नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा शनिवार एक दिने शिविरमार्फत सामुदायिक तथा घर पालुवा गरी ४५ वटा कुकुरको स्थायी वन्ध्याकरण गरिएको नगरपालिकाको पशु शाखा संयोजक राजेश अधिकारीले जानकारी दिए। 

    काठमाडौको अन्नपूर्ण भेट क्लिनिक एण्ड पेटसब र भ्याली क्लिनिक एण्ड पेटसबका चिकित्सक रमेश बस्ताकोटी, नवीन श्रेष्ठ र गणेशराज पन्तले कुकुर को बध्याकरण गरेका हुन्। 

    यसअघि स्थानीय हिमाल हिमाली संरक्षण मञ्च नामक संस्थाले पशु सेवा कार्यालयसँगको समन्वयमा गत वर्ष शिविर सञ्चालन भएकोे थियो। विश्वमा सन् १९८६ मा कुकुरको बन्ध्याकरण अभियान शुरु भएकोमा नेपालमा सन् २०१० मा सुरु गरिएको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]