खेलकुद

स्वारेजकाे पेनाल्टी रोकिँदा क्वार्टरफाइनलबाटै बाहिरियो उरुग्वे

असार १५, २०७६

    दक्षिण अमेरिकाको बलियो प्रतिद्वन्द्वि उरुग्वेको कोपा अमेरिका यात्रा क्वाटरफाइनलबाटै सकिएको छ। तुलनात्मक रुपमा कमजोर मानिएको पेरुले उरुग्वेलाई पेनल्टी सुटआउटमा ५–४ ले स्तब्ध पार्दै सेमिफाइनल यात्रा तय गर्यो।

    पेनल्टी सुटआउटमा अन्य सबै खेलाडीको प्रहार सफल भएपनि स्टार स्ट्राइकर लुइस स्वारेज चुक्दा दक्षिण अमेरिकाको सबैभन्दा सफल टिम उरुग्वे कोपा अमेरिका फुटबलयात्रा क्वाटरफाइनलमानै अन्त गर्न बाध्य भयो। १५ पटक कोपा अमेरिकाको उपाधि जितेको उरुग्वेलाई यो पटक पनि दाबेदार टिमका रुपमा हेरिएको थियो। कीनकी सुमहचरणमा उरुग्वे अपराजित रहेर क्वाटरफाइनल प्रवेश गरेको थियो। निर्धारित समयमा दुबै तर्फबाट कुनै गाेल हुन नसक्दा खेलाको निर्णय पेनल्टी सुटआउटबाट लिनु परेको थियो।

    जारी  प्रतियोगिताकाे क्वाटरफाइनलमा पेनल्टीबाट लिएको याे तेस्रो निर्णय हो। यसअघि ब्राजिल र पाराग्वेबिचको खेलको निर्णयपनि पनेल्टी सुटआउटबाट लिएको थियो। त्यस्तै चिली र कोलम्बीयाबिचको खेलको निर्णयपनि पेनल्टी सुटआउटबाटै लिएको थियो।

    आइतबार भएको खेलमा टाइब्रेकरमा पेरुका पाँचै खेलाडीले गोल गरे, उरुग्वेका भने स्वारेज चुके। उरुग्वेका लागि सुरुमै पेनाल्टी प्रहार गर्न आएका स्वारेजको प्रहार गोलमा परिणत हुन सकेन । स्वारेजले निर्धारित समयमा गोल गरेका थिए, तर अफसाइड भएका कारण त्यसले मान्यता पाएको थिएन।

    टाइब्रेकरमा स्वारेजपछि पेनाल्टी प्रहार गर्न आएका उरुग्वेका एडिन्सन काभानी, क्रिष्टियन स्तुएनी, रोड्रिगो बेन्तान्कुर र लुकास तोर्रिएइरा डी पास्कुएले गोल गरे। पेरुका लागि पाओलो गुएरिरो, राउल रुइडिएज, योशिमार योतुन, लुइस एड्विन्कुला र एडिसन फ्लोरेस  सहित पाँचै खेलाडीले गोल गर्दा स्वारेजको गोलनै निर्णायक बन्यो। पेरुले फाइनल प्रवेशका लागि आउँदो बिहीबार बिहान साबिक विजेता चिलेसँग प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]