फिचर : फोटो फिचर

राजा दही अर्थात् जु जु धौ (फोटो फिचर)

असार १५, २०७६

    भक्तपुर : असार १५ मा दही चिउरा खाने प्रचलन छ। मध्य असारको दिन खेतमा रोपाइँ गरी हिलो छ्यापेर रमाइलो गरी दही चिउरा खाने गर्दछन्।

    दही चिउरा खाने दिन भएकाले भक्तपुरका जु जु धौ (राजा दही) व्यवसायीहरुलाई भ्याइ नभ्याइ भएको छ। मध्य असारमा पनि पर्याप्त वर्षा नहुँदा रोपाइँ गर्न नपाएर किसानहरु चिन्तित भए पनि राष्ट्रिय धान दिवस समेत रहेको असार १५ मा दही चिउरा खान दहीको माग बढेकाले भक्तपुरका जु जु धौ व्यवसायीलाई भ्याइ नभ्याइ भएको हो।

    लिवालीस्थित सैंजु दही भण्डार भक्तपुर कै प्रख्यात जु जु धौ उत्पादन गर्ने थलो हो। शनिवार बिहानै सैंजु दही भण्डारका सञ्चालक र कामदार दही बनाउन व्यस्त थिए। असार १५ को माग धान्न उनीहरु काममा तल्लिन थिए। हेरौं फोटोमा जु जु धौ बनाउने विधि र यसको परिश्रम।

लक्ष्मी गारु

गारु थाहा खबरका भक्तपुर समाचादाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]