विश्व

उत्तर कोरियाको सीमा क्षेत्र पुग्दै राष्ट्रपति ट्रम्प, किमसँग होला त भेट?

File Photo
असार १५, २०७६

    जी ट्वेन्टी शिखर सम्मेलन सकेर जापानबाट दक्षिण कोरिया पुगेका  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आज दक्षिण र उत्तर कोरियाको सीमा क्षेत्रका सैनिकरहित क्षेत्रको अवलोकन गर्ने भएका छन्।

    ट्रम्पले डिमिलिट्राईज्ड जोन (डीएमजेड) भनिने सैनिकरहित क्षेत्रको भ्रमण गर्न लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।  डीएमजेड क्षेत्रको वरपर भने ठूलो संख्यामा दक्षिण र उत्तर कोरियाको सेना परिचालन भएको छ। दक्षिण कोरियाको सेनासँगै अमेरिकी सेना पनि परिचालित छ।

    डीएमजेड क्षेत्रको भ्रमणको तयारी गरेका राष्ट्रपति ट्रम्पसँग दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनले पनि भ्रमण गर्ने बताइएको छ। डीएमजेड भ्रमणका क्रममा भेटघाट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई आग्रह गरेका थिए। यसबारे उत्तर कोरियाले कुनै प्रतिक्रिया दिएको छैन्। तर कतिपय अधिकारीहरुले उत्तर कोरियाली नेता किम डीएमजेड क्षेत्रमा आउन सक्ने र भेट हुन सक्ने प्रतिक्रिया दिएका छन्। 

    अमेरिकी सञ्चारमाध्यमहरुले केही समयअघि मात्रै चिनियाँ राष्ट्रपति सी जिनपिङले उत्तर कोरिया भ्रमण गरेको र जी–ट्वेन्टी शिखर सम्मेलनमा ट्रम्प र सीबीच भेटवार्ता भएका कारण उत्तर कोरियासँगको भेटको मध्यस्थता चीनले गरिरहेको अनुमान गरेका छन्। यो बीचमा अमेरिकाले चीनको हुवावे कम्पनीमाथि लगाएको प्रतिबन्ध पनि फुकुवा गरेको छ।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]