बेलायतका पाँचमध्ये एक शिक्षक विद्यार्थीबाट दुर्व्यवहारको शिकार भइरहेका छन् । विद्यालयहरू महामारीपछि विद्यार्थीको व्यवहारमा आएका परिव...
दक्षिण कोरियाको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट गर्ने पक्का भएको छ।
दक्षिण र उत्तर कोरियाको सीमा क्षेत्रस्थित सैनिकरहित इलाकामा ट्रम्प र किमबीच छोटो समयको भेटघाट हुने तय भएको हो। दुई नेताबीच भेट हुने दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनले पुष्टी गरेकोे बीबीसीले जनाएको छ। उत्तर कोरियाले भने केही प्रतिक्रिया दिएको छैन्। यसअघि जापानको ओसाकामा जी–ट्वेन्टी शिखर सम्मेलनकै क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमलाई ट्वीटरमार्फत् डिमिलिट्राईज्ड जोन, डीएमजेड भनिने सैनिकरहित क्षेत्रमा छोटो समयको भेटका लागि आग्रह गरेका थिए।
डीएमजेड क्षेत्रमा ट्रम्प र किमबीच छोटो समयको भेट हुने दक्षिण कोरियाले पुष्टी गरेको छ। अमेरिकी सञ्चारमाध्यमहरुले केही समयअघि मात्रै चिनियाँ राष्ट्रपति सी जिनपिङले उत्तर कोरिया भ्रमण गरेको र जी–ट्वेन्टी शिखर सम्मेलनमा ट्रम्प र सीबीच भेटवार्ता भएका कारण उत्तर कोरियासँगको भेटको मध्यस्थता चीनले गरिरहेको अनुमान गरेका छन्। यो बीचमा अमेरिकाले चीनको हुवावे कम्पनीमाथि लगाएको प्रतिबन्ध पनि फुकुवा गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।