समाज

महानगरले तीनकुनेमा बुद्धपार्क बनाउने

असार १५, २०७६

    काठमाडौ : काठमाडौं महानगरपालिकाले तीनकुनेको खाली जग्गामा बुद्ध पार्क बनाउने भएको छ। महानगरपालिकाले तीनकुनेमा शान्ति पार्क बनाउने निर्णय गरेको थियो। स्थानीयसँग मुआब्जा विवादको कारणले महानगरले शान्ति मण्डला बनाउन सकेको थिएन।

    तीनकुनेमा महानगरले यसअगाडि शान्ति मण्डला बनाउने योजना बनाएको थियो। मुआब्जा विवादका कारण महानगरपालिकाले तिनकुनेस्थित खाली जग्गामा शान्ति मण्डला बनाउन सकेको छैन।

    तीनकुनेको खाली जग्गाको विवादलाई समाधान गरी बुद्ब पार्क निर्माण गरिने काठमाडौं महानगरपालिकाको प्रवक्ता ईश्वरमान डंगोलले बताए। उनका अनुसार खाली ठाउँलाई व्यवस्थित गरी पार्क बनाउने। समिति बनाएर स्थानीयको मुआब्जा वितरण  हुन्छ। स्थानीयसँगको विवादको कारणले तीनकुने पार्कको निर्माण प्रक्रिया अगाढि बढन सकेको छैन ।

    उनले भने, 'केहीलाई मुआब्जा दिइसकेको छ। केहीलाई मात्र बाँकी छ।' महानगरले यतिखेर शान्ति मण्डला बनाइसकेको हुने थियो।' स्थानीयसँग चाँडै विवाद समाधान भइसक्ने र पार्क निर्माण अगाडि बढने उनको भनाइ छ।

    महानगरपालिकाको महत्त्वकांक्षी योजनाअनुसार बुद्ब पार्क निर्माण गरिने उनले प्रतिक्रिया दिए। डंगोलले भने,'खाली जग्गा भएको कारणले महानगरको रूप नै कुरूप भइसकेको छ। बुद्ब पार्क बनेपछि महनगरभित्रको रूप नै बदलिनेछ।'

    यसलाई पूर्ण धार्मिकभन्दा पनि धार्मिक विम्वयुक्तस्थलका रूपमा विकास गर्ने सोच महानगरको छ। पार्कमा परिक्रमा मार्ग घुमिसकेपछि आगन्तुकको मन शुन्यतामा जाने अर्थात् शहरी कोलाहल र तनावबाट मुक्ति पाउने महानगर स्रोतले जानकारि दिएको छ।

    गोलाकारबाट मूर्तिसम्म पुग्न १२ वटा प्रवेश कक्ष हुनेछन्। १२ घण्टाको दिन र १२ घण्टाको रात तथा असीमित समयको भावको प्रवेशद्वार निर्माण हुनेछन्। पार्क र बाहिरी भागको वीचमा पानीको फोहोराले सीमाना बनाउने महानगरको योजना छ ।

    पार्कभत्र बस्ने मानिसलाई बाहिरी सवारीसाधनको हल्लाले असर नगर्ने गरी नयाँ प्रविधि जडान गरिनेछ। पार्कमा पानीको कलकल आवाज सुन्न पाइने भएकाले पार्क प्राकृतिक हुने महानगरले दाबी गरिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]