धनगढी : नेकपा एमालेनिकट अनेरास्ववियुकी नेतृ राजमती उर्फ रक्षा बमलाई पक्राउ गरिएको छ। अनेरास्ववियुको स्थायी कमिटी सदस्यसमेत रहेकी बमलाई हिजो...
बुटवल : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुईतिहाइको बहुमत पाएर पनि काम गर्न नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली रुन थालेको बताएका छन्।
नेपाली कांग्रेस बुटवल उपमहानगर समितिले गरेको लौहपुरुष गणेशमान सिंहको अर्धकदको सालिक अनावरण कार्यक्रममा बोल्दै सिंहले केपी ओली नेतृत्वको सरकारले दुईतिहाइको शक्ति नै चिन्न नसकेको आरोप लगाए ।
अहिलेको सरकारले दुईतिहाइ पाएर पनि डरपोख निस्किएको उनले बताए । 'दुईतिहाइ बहुमत भएर पनि अहिलेको सरकार सबैभन्दा डरपोख देखियो', उनले भने, 'आफू शक्तिशाली प्रधानमन्त्री बन्ने धुनमा केपी शर्मा ओली सबैभन्दा कमजोर प्रधानमन्त्री भएका छन्।'
काम गर्न नसकेपछि प्रधानमन्त्रीको गुनासो सुरु भएको उनले बताए। 'आजभोलि प्रधानमन्त्रीका गुनासा र रोदन सुनिन थालेका छन्। यसले यो सरकार काम गर्न असफल रहेको देखिएको छ', उनले भने, 'चमत्कार गरेर देखाउन सक्ने हैसियत भएर पनि सरकार यति असफल हुनु दु:खद कुरा हो।'
प्रहरीले शान्तिपूर्ण विरोध प्रदर्शनमा पनि धरपकड गरेको आरोप उनले लगाए। शान्ति सुरक्षा कायम गराउनसमेत नसकेकाले सरकार आफ्नै गतिविधिका कारण अस्थिर बनेको उनले बताए।
कांग्रेस आजको अवस्थामा पुग्नुको मुख्य कारण विधान भएको उनले बताए। 'विधान अनुसार काम गर भन्दा पनि विरोध गर्यो भन्छन्', उनले भने, 'त्यही कारण कांग्रेस कम्जोर भयो।'
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।