समाज

धादिङमा बस र दुई माइक्रो ठोक्किएर दुर्घटना, दुईजनाको मृत्यु

प्रतिकात्मक तस्वीर
असार १५, २०७६

    काठमाडौं : धादिङको बेनीघाटमा बस र दुईवटा माइक्रो बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।  लु१ख ९०७९ नम्बरको बस बा३ख १००४ र बा२ख ४५६७ नम्बरको माइक्रोबससँग ठोक्किएर दुर्घटना भएको हो।

    दुर्घटनामा ३२ जना घाइते भएको  र घाइतेमध्ये १८ जनालाई उपचारका लागि काठमाडौै पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। मृतक एकजना धादिङ महादेवस्थान गाउँपालिकाका २७ वर्षीय श्यामकुमार श्रेष्ठ रेहको र एकजनाको शनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।  यद्यपि,घटनाको विस्तृत विवरण आउन बाँकी छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]