महोत्तरी : बर्दिबास नगरपालिका–३ कालापानी जंगलमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। बाप्र ०२–०४३ प ...
दमक ( झापा) : राष्ट्रिय धान दिवसका अवसरमा प्रदेश-१ का आन्तरकि मामिला तथा कानुनमन्त्री हिक्मत कार्की विभिन्न ठाउँमा रोपाहार बनेर पुगे। झापाको कमल गाउँपालिकाले आयोजना गरेको धान दिवसमा उनले केहीबेर रोपाइँ गर्दा गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले उनलाई रोपाइँ गर्न सिकाइन् पनि।
सोही कार्यक्रममा २८ जना किसानलाई गाउँपालिकाको तर्फबाट सम्मान गरिएको थियो। यस्तै मन्त्री कार्कीको गृहनगर झापाकै गौरादह १ मा पनि उनी रोपाइँ गर्न पुगे।
उद्यमी कृषि सहकारी संस्थाले अढाई बिघा जमिनमा गरेको सामूहिक रोपाइँमा उनी पुगेका हुन्। सो क्रममा संस्थाले १५ जना किसानलाई उन्नत जातका बोकासमेत वितरण गरेको संस्थाका अध्यक्ष भुपराज लुइँटेलले जानकारी दिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।