काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरु भएको छ। परीक्षा बिहान ८ बजे शुरु भएको हो। पहिलो दिन बिहीबार अनिवा...
डडेल्धुरा : डडेल्धुरामा १६औँ धान दिवस जिल्लाभर मनाइएको छ। जिल्लाको अमरगढी नगरपालिका–११ को फिन्नेकोटमा किसानको खेतमा गएर अमरगढी नगरपालिकाले धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको हो।
‘धान खेतीमा प्रविधि र यन्त्रिकीकरण, चामल आयातमा न्यूनिकरण भन्ने नारासहित अमरगढी कृषि शाखाको आयोजनामा फिन्नेकोटमा दिवस मनाएको अमरगढी कृषि शाखाका कृषि प्रसार अधिकृत टेकबहादुर विष्टले जानकारी दिए।
स्थानीय सरकार जनताको घरदैलोमै रहेको अनुभूति गराउनका लागि किसानको खेतमै गएर धान दिवस मनाएको जनप्रतिनिधिहरुको भनाइ छ।
धान दिवसमा वडा नं. ११ का अध्यक्ष सूर्यप्रकाश खड्का, वडा सदस्यहरू, जिल्लास्थित कृषि एलायन्सका संस्थाहरूलगायतका स्थानीय किसानको सहभागिता रहेको थियो।
अजयमेरु गाउँपालिकाले पनि धान दिवस मनाएको छ। कृषि धारको प्राविधिक विद्यालय बालकल्याण मावि पुइलेकमा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, अभिभावकका लगायतको सहभागितामा दिवस मनाइएको हो। रोपाइँ कार्यक्रममा गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले खेत साउने, बाउसे गर्ने काम गरेका थिए। ‘मुठी खाएर मुरी उब्जाउने’ असार महिनालाई मानिन्छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।